सौन्दर्य पेशाप्रति आकर्षण बढ्दो छ : राजेश घिमिरे

Read Time = 8 mins

नेपाली कला क्षेत्रमा मेकअप आर्टिष्टका रूपमा आफ्ना क्रियशनमार्फत चर्चा बटुल्न सफल नाम हो राजेश घिमिरे । झण्डै दुई दशकदेखि आर्डन दि ब्युटी प्वाइन्टका सञ्चालकसमेत रहनुभएका घिमिरेले विभिन्न सेमिनार, वर्कसप र कक्षाहरू सञ्चालन गरेर यो क्षेत्रमा रुचि भएकालाई प्रशिक्षणसमेत दिँदै आउनुभएको छ । आर्थिक रूपले कमजोर भएकालाई विभिन्न जिल्लामा पुगेर निःशुल्क प्रशिक्षण पनि दिँदै आउनुभएका उहाँका विद्यार्थीहरू कत्तिपयले आफ्नै पार्लर, एकेडेमी चलाएर आत्मनिर्भर बनेका छन् । उहाँले भारत, थाइल्याण्ड, लण्डन, जापान, रसिया, चाइना जस्ता देशमा गएर त्यहाँका प्रख्यात हेयर स्टाइलिस र मेकअप प्रशिक्षकसँग प्रशिक्षण लिनुभएको छ । पछिल्लो समय सौन्दर्य पेशाप्रति पुरुषको पनि आकर्षण बढेको बताउनुहुने राजेश घिमिरेसँग हिमालयन टाइम्सका लागि गीता अधिकारीले गर्नुभएको कुराकानीको संक्षिप्त अशं :-

यो क्षेत्र नै किन रोज्नुभयो ?
मलाई पहिले देखिनै इच्छा एवं रुचि भएकाले यो पेशा रोजेको हुँ । मलाई पेन्ट गर्न, डबिङ गर्ने इच्छा पहिलेदेखि नै लाग्थ्यो । यो पेशामा लागेर आफू खुशी हुने र अरूलाई रोजगारको अवसर दिन सकिने भएकाले रोजेको हुँ ।

हाल यो पेशा कसरी अघि बढिरहेको छ र कत्तिको सन्तुष्ट हुनुहुन्छ ?
सन्तुष्ट छु । अहिले मैले आफ्नो स्टुडियोमा सर्भिस दिनुका साथै कक्षाहरू सञ्चालन गरिरहेको छु । १५ जना कर्मचारीले प्रत्यक्ष रूपमा रोजगार पाएका छन् भने अप्रत्यक्ष रूपमा संलग्न भएर काम गर्नेहरू थुप्रै हुनुहुन्छ । खुशी लाग्छ र काम गरेको जस्तो अनुभूति पनि हुँदैन ।

यहाँले कस्तो-कस्तो सेवा प्रदान गर्दै आउनुभएको छ ?
मैले हालै तालिम लिएर पार्लर सञ्चालन गरेका व्यक्तिहरूका लागि अतिरिक्त कक्षाहरू सञ्चालन गरेर अझ बढी निखार ल्याइदिने काम गरेको छु । बाण्डेड प्रोडक्टहरू प्रयोग गरेर नेपालमा नै अन्तर्राष्ट्रिय स्तरको सेवा दिँदै आइरहेको छु । र, देशबाहिर गएर सिक्छु भन्नेलाई यही अन्तर्राष्ट्रियस्तरको तालिम मैले आफ्नै स्टुडियोमा दिने गरेको छु ।

यो क्षेत्रमा लागेर प्राप्त गरेको उपलब्धि के हो जस्तो लाग्छ ?
सबैभन्दा ठूलो उपलब्धि त ग्राहको सन्तुष्टि हो । अर्को मेरो आत्म सन्तुष्टि हो । मैले कहिलै सम्मान, पुरस्कार र अवार्डका लागि काम गरिन । म कामलाई सबै थोक ठान्छु । आफ्नो वेष्ट दिनुपर्छ र हरेक पल्ट आफू अझ बढी परिस्कृत हुनुपर्छ भनेर ध्यान दिन्छु । मैले अहिलेसम्म सनसिल्क स्याम्पोले दिने वेष्ट हेयर स्टाइलिसको अवार्ड, ल्याक्मेको ब्राइडल मेकअप अवार्ड २००८ लगायत अन्य अवार्ड पाएको छु भने सम्मान त धेरै छन् ।

पछिल्लो समय सौन्दर्य क्षेत्रमा पुरुषहरूको पनि आकर्षण बढ्दै गएको छ । सौन्दर्यकर्मी र सौन्दर्य क्षेत्रलाई माथिल्लो स्तरमा पुर्‍याउने र यसलाई एउटा पेशाको रूपमा स्थापना गर्ने काममा युवाको ठूलो योगदान रहेको छ । पहिला-पहिला महिलाहरूमात्र यस पेशामा संलग्न थिए तर अहिले आएर यो पेशाप्रति आकर्षण बढेको छ ।

आफैंले आफैंलाई मूल्यांकन गर्दा कतिको सफल भएजस्तो लाग्छ ?
म जहिले पनि काममा रमाउने गर्दछु । आफ्नो इच्छा र रुचिले यो पेशा अंगालेको कारण मलाई कहिलै कतैबाट कुनै प्रकारको दबाब आएन । जहिले पनि संसारमा नयाँ के भइरहेको छ, कुन चलन बढी चलिरहेको छ भन्ने कुरामा म एकदम जागरुक हुन्छु र आफूलाई अपडेट राख्छु ।
अरूले के गरिरहेको छ भन्दा पनि म आफैं नयाँ कुरा क्रिएट गर्दछु सायद त्यही कुराले मलाई अरूभन्दा अलग बनाएको होला । फेरि तपाईंले भनेजस्तो सफल र असफलको मापदण्ड के हो भन्ने हुन्छ । मैले हरपल उत्कृष्ट कार्य पस्किने कोसिस गरेको हुन्छु ।

कुनै समय महिलाले मात्र गर्ने भन्ने यो पेशमा पुरुषहरूको पनि आकर्षण बढ्दै गएको हो ?
हो, पछिल्लो समय यो क्षेत्रमा पुरुषहरूको पनि आकर्षण बढ्दै गएको छ । सौन्दर्यकर्मी र सौन्दर्य क्षेत्रलाई माथिल्लोस्तरमा पु¥याउने र यसलाई एउटा पेशाको रूपमा स्थापना गर्ने काममा हामीजस्तो युवाको ठूलो योगदान छ जस्तो लाग्दछ मलाई । पहिला–पहिला महिलाहरूमात्र यस पेशामा संलग्न थिए तर अहिले आएर यो पेशाप्रति आकर्षण बढेको छ । हरेक वर्ष तालिम प्रदान गरेर, विभिन्न सेमिनार, वर्कसप सञ्चालन गरेर मैले पनि यो क्षेत्रलाई केही योगदान पु¥याइरहेको छु । विभिन्न जिल्लाबाट बोलावट आउँछ र कतिपय मलाई भेट्न, तालिमका लागि आउनु हुन्छ खुशी लाग्छ ।

हालसम्म कतिजति सौन्दर्यकर्मीलाई प्रशिक्षण दिनुभएको छ र कुन-कुन विषयमा प्रशिक्षण दिनुहुन्छ ?
मैले हेयर, मेकअपसम्बन्धी तालिम दिने गरेको छु । नयाँभन्दा पनि यो उद्योगमा पहिलेदेखि नै काम गर्दै आइरहनु भएको र विदेश गएर तालिम लिन नसक्ने व्यक्तिलाई मैले न्यूनतम् शुल्कमा नेपालमै तालिम दिने गरेको छु । हालसम्म कतिलाई तालिम दिएँ भन्ने ठ्याक्कै भन्न नसकिए तापनि हजारौं जनालाई प्रशिक्षण दिएहुँला ।

नेपालमा प्रचलित ब्युटिसियन कोर्षहरू कुन-कुन हुन् ?
नेपालमा खासगरी मेकअप, कपाल काट्ने, हाइलाइट गर्ने, आइब्रो गर्ने, नङ बनाउने, कपालको स्टाइल गर्ने, आइल्यन्स गर्ने कोषहरू चल्दछन् ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?