कविता : बा र न्याउली

हिमालय टाइम्स
हिमालय टाइम्स
Read Time = 2 mins

✍️ सुजन गैह्रे

बाले भन्छन् वन मेरो हो
न्याउली भन्छ मेरो हो
न्याउली रूखको टुप्पोमा बसेर काट्छ पिरका भाकाहरू
बा जंगलको रुखमुनि काट्छन्
पीरका फेदहरू उडाउछन् पीडाका चपेराहरू
बटुल्छिन आम्मै तिनै चपेराहरू
जलाउन भान्छामा पीरहरू
न्याउली भन्छ वन मेरो
बा भन्छन वन मेरो

डढेको वनमा उराठ मन लिएर
रुन्छ न्याउली वनैमा
बुज्दैनन् प्रकृतिहरू फुलिदिन्छन्
कोपिला झरिदिन्छन्
कोपिलामै तुइन्छन् सपनाहरू भुँवा बनेर
बा वन कस्को हो न तिमी अडिन्छौ त्यहाँ
न न्याउली बसिरहन्छ त्यहाँ
पहरेदार ढोकामा छ
सुखभित्र सुरक्षित त
सुख र दुःखको हाजिर जवाफ चलिरहेको छ
जीवनको विद्यालयमा बा भर्ना भएका छन् त्यहाँ

बाले बुजेको जीवन रूख रहेछ
सन्तान पात रहेछन् छुटिए उडे परै पुगे
मनको जहाजमा भुले आफूले कुचेको दैलोठेलो
बा वनमा नि नाग्ङा खुट्टामै काँडा कुल्चिए
हुर्काए पिल्सो, गडो खिल

अरू रमिते पैतालोलाई
गाली गरिदिए बुजे बाले न्यायको इन्साब
दर्ताभयो सन्तातको आशा
जीवनको अदालतमा
सुनुवाइ भयो दैवको पक्षमा
झरेनन् त्यो बिहानी ताराहरू उदाएन सूर्य
त्यही बिहानी
ओभाएन शीत
पलाएनन पालुवा
सकियो मनको जंगल
ढले खहरू लाग्यो डढेलो
काटिएनन् सप्को
सन्तानको अस्तित्वको खोजीमा
गुमाए बाले अस्तित्व बेचिए इमान किस्ता किस्तामा
त्यो झुट रिस्ता त सुखमा रैछ
फुट्यो कर्म जुट्यो भाका न्याउली
बा वन मेरो हो भनिरहे न्याउली
वन मेरो भनिरहो खुलेन रहस्य जरासम्म हेरिरहे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
1 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?