नागरिकता विधेयक प्रमाणीकरणविरुद्ध सर्वोच्चमा रिट दर्ता (रिट निवेदनसहित)

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । नागरिकता ऐन २०६३ लाई संशोधन गर्ने नागरिकता विधेयक प्रमाणीकरणविरुद्ध सर्वोच्च अदालतमा रिट दायर भएको छ ।

बुधबार राष्ट्रपति रामचन्द्र पौडेलले नागरिकता विधेयक प्रमाणीकरण गरेपछि शुक्रबार सो विरूद्ध सर्वोच्चमा रिट दर्ता भएको हो। वरिष्ठ अधिवक्ता डा. सुरेन्द्र भन्डारीले रिट दायर गर्नुभएको हो ।

नागरिकता विधेयकलाई राष्ट्रपति रामचन्द्र पौडेलले प्रमाणीकरण गरेपछि शुक्रबार राजपत्रमा प्रकाशित भएको थियो । प्रारम्भिक सुनुवाइका लागि आईतबारलाई पेशी तोकिएको अधिवक्ता भण्डारीले जानकारी दिनुभयो ।

प्रमाणीकरण नभएको र प्रतिनिधिसभाको कार्यकाल सकिएको अवस्थामा प्रमाणीकरणका लागि पेश भएको विधेयक स्वतः निष्क्रिय हुने भन्दै रिट निवेदनमा संवैधानिक रुपमा निष्क्रिय भएको विधेयकलाई मन्त्रिपरिषदले मान्यता दिन र प्रमाणीकरणका लागि पेश गर्न नमिल्ने दाबी गरिएको छ ।

मन्त्रिपरिषदले निर्णय गरेर विधेयक प्रमाणीकरणका लागि राष्ट्रपति समक्ष पठाउने संवैधानिक प्रावधान नभएको भन्दै रिट निवेदनमा मन्त्रिपरिषदले संसदको क्षेत्राधिकारमा प्रवेश गरेर संवैधानिक व्यवस्थामाथि प्रहार गरेको दाबी गरिएको छ ।

रिट निवेदन हेर्नुहोस्

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?