नक्कली शरणार्थी प्रकरण : १८ अभियुक्तको बयान सकियाे, आइतबारबाट थुनछेक बहस

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । काठमाडौं जिल्ला अदालतले नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न रहेका १८ जनासँग बयान लिएको छ ।

जिल्ला सरकारी वकिलको कार्यालयले प्रतिवादी बनाएकामध्ये हाल थुनामा रहेकासँग अदालतले थुनछेक बहसअघिको बयान लिएको हो ।
आरोपितविरुद्धको बयान शुक्रबार सकिएको र आइतबारबाट थुनछेक बहस सुरु हुने अदालतका सूचना अधिकारी दीपक दाहालले बताउनु भयो । थुनछेक बहस न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासमा परेको छ ।

अदालतले शुक्रबार पूर्वगृहमन्त्री बालकृष्ण खाँण, भुटानी अधिकारवादी नेता टेकनाथ रिजाल र गिरोहका सदस्य हरिभक्त महर्जनसँग बयान लिएको थियो ।

उक्त प्रकरणमा मुछिएका पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्वसांसद आङटावा शेर्पा र हज कमिटीका अध्यक्ष शमशेर मियाँको बिहीबार बयान सकिएको थियो ।

यो प्रकरणमा मुछिएकाहरुको बयान यही जेठ १२ गतेदेखि सुरु गरिएकोमो आज तीन जनाको बयान भएको हो ।

नक्कली भुटानी शरणार्थी प्रकरणका आरोपितमध्ये १८ जना पक्राउ परेका छन् भने १२ जना अझै फरार रहेको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?