शहीद मेमोरियलले थाक्रेमा स्वास्थ्य शिविर गर्दै

Read Time = 2 mins

काठमाडौं । काठमाडौं कलंकीस्थित सय शैय्याको सुविधासम्पन्न शहीद मेमोरियल अस्पतालले सामाजिक उत्तरदायित्वअन्तर्गत बिरामीको घरआँगनमा पुगेर समस्या पहिचान गरी उपचार गर्ने उद्देश्यले शनिबार बृहत् निःशुल्क स्वास्थ्य शिविर आयोजना गर्ने भएको छ । थाक्रे गाउँपालिकाका अध्यक्ष रामकुमार आचार्य र वडा ९ का वडाध्यक्ष श्यामचन्द्र आचार्यको आयोजना तथा शहीद मेमोरियल अस्पतालको प्राविधिक सहयोगमा शिविर हुने भएको हो ।

स्वास्थ्य शिविरमा तीन सयभन्दा बढीलाई स्वास्थ्य परीक्षणका साथै औषधि वितरण, रक्त परीक्षण, महिलाको पाठेघर प्यापस्मेर, ल्याब परीक्षण, भिडियो एक्सरेलगायतका सेवा निःशुल्करूपमा प्रदान गरिने आयोजकले जनाएको छ । शिविरमा शहीद मेमोरियल अस्पतालका वरिष्ठ चिकित्सकले सेवा प्रदान गर्र्ने भएकाले थाक्रे गाउँपालिकाका सम्पूर्ण नागरिकलाई शिविरमा उपस्थित भई स्वास्थ्य लाभ लिन अस्पतालका सहायक प्रबन्ध निर्देशक डा. जितेन्द्र श्रेष्ठले आहृवान गर्नुभएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?