भारतको ओडिसामा रेल दुर्घटना, दुई सयभन्दा बढीको मृत्यु

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । भारतको ओडिसा राज्यको बालासोर जिल्लामा रेल दुर्घटना हुँदा दुई सयभन्दा बढीको मृत्यु भएको छ ।

शुक्रबार राति चेन्नाइबाट हाउडाको लागि गइरहेको कोरोमंडल एक्सप्रेस ट्रेन एक मालगाडीसँग ठोक्किँदा बाहानागा बजारस्टेसन नजिकै दुर्घटना भएको हो ।

भारतीय समाचार संस्थाहरूका अनुसार दुर्घटनामा २०७ जनाको मृत्यु भएको छ भने करिब नौ सय जना घाइते भएका छन् ।

भारतीय रेलमन्त्री अश्विनी वैष्णवले दुर्घटनास्थल निरिक्षण गर्नुभएको छ। उहाँले ट्विट गर्दै दुर्घटनाप्रति दुःख व्यक्त गर्नुभएको छ ।

यस्तै रेलमन्त्री वैष्णवले मृतकका आफन्तलाई १० लाख रुपैयाँ क्षतिपूर्ति दिने र गम्भीर घाइतेलाई दुई लाख र सामान्य घाइतेलाई ५० हजार रुपैयाँ दिने पनि घोषणा गर्नुभएको छ ।

यस्तै भारत भ्रमणका क्रममा रहनुभएका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले घटनाप्रति दुःख व्यक्त गर्दै मृतकका परिवारप्रति समवेदना प्रकट गर्नुभएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?