परिकल्पनामा चलेको संसार

Read Time = 12 mins

संसार कल्पना सिद्धान्तमा नै चलेको छ । जति पनि आविष्कार भएका छन् ती सबै यही कल्पनाको अधारमा नै भएका छन् । चाहे आध्यात्मिक हुन् चाहे भौतिक हरेक क्षेत्रमा परिकल्पना छ । अर्थात् भनौँ ब्रहृमाण्ड परिकलपनाकै साकार रूप हो । आध्यात्मिक दर्शनमा ब्रहृमाण्डलाई ईश्वरको परिकल्पना हो भनी व्याख्या गरिएको छ । हाम्रा दर्शनले पनि यही परिकल्पनाकै आधारमा ईश्वरीय अस्तित्वको पुष्टि गर्दछन् । आजका उन्नत प्रविधि यही परिकल्पनामा नै आधारित छन् । मानौँ क =५ छ भने १० क को मूल्य ५० हुन्छ ।

यही सिद्धान्तमा नै गणितका यावत् कुरा सिद्ध भएका छन् । अङ्कगणित बीज गणित सबै यही परिकल्पनामा नै चलेका छन् । कल्पना कल्पना नै हो सोही कल्पनाबाट यथार्थको आरम्भ हुन्छ । कलरिजको कल्पना सिद्धान्तमा साहित्यको कल्पनालाई दर्शाइएको छ । अर्थात् कल्पनाले नै साहित्यको जन्म दिन्छ । संसार नै कल्पनाको आडमा चलेको यथार्थ हामी भोगिरहका छौँ र जीवनमा प्रयोग पनि गरिरहेका छौँ ।

सयम निरन्तर गतिशील छ । यो समयको प्रवाहलाई रोक्नसक्ने सामथ्र्य हामीसँग छैन । यसलाई गणना गर्न कुनै एक आधार बिन्दु चाहिन्छ त्यसबाट मात्र गणना सम्भव हुन्छ । जस्तो कि घडीमा दिइने बाह्रवटा कोठा पनि यही मानौको सिद्धान्तमा आधारित छन् । जुन स्थानका कोठामा घडीको सुई पुग्छ सोही बजेको समय भनी हामी मापन गर्दछौं । यसरी दिइएका स्थान पनि परिकल्पित हुन् । घुमाइएको घडी परिकल्पित हो । यसैगरी दिन महिना वर्ष पनि यही परिकल्पनामा नै आधारित छन् ।

साहित्य सिर्जनामा त परिकल्पना अधिक नै रहन्छ । अझ भनौं साहित्य सिर्जना परिकल्पना नै हुन् । जसले यथार्थको बोध गराउन सक्षम हुन्छन् । एउटै गीतले करोडौंको मन जित्न सक्छ । यो समाथ्र्य पनि यही परिकल्पनाले नै दिएको हो ।

कम्प्युटर पनि यही मानौंको परिकल्पना सिद्धान्तमा आधारित छ । कम्प्युटरले ० र १ मात्र चिन्न सक्छ । यो १ र ० लाई पनि परिकल्पनामा नै आधारित बनाइएको छ । बत्ती बलेको प्रवाहित इलेक्ट्रोनलाई १ र नबलेकोलाई ० मानिएको छ । सोही १ र ० बाट कम्प्यटरका यावत् कार्य साध्य हुने गर्दछन् । शून्यलाई शक्ति शून्य भएको र एकलाई शक्तिपूर्ण भएको मानिएको छ । यो एक र शून्य पनि मानिएको नै हो । वास्तवमा कप्युटर चल्ने प्रक्रिया बत्ती बल्ने र निभ्नेजस्तै हो । बत्ती बल्दा १ र निभ्दा ० मान दिएर गणना गर्न कम्प्युटरलाई लगाइन्छ ।
यसरी इलेक्ट्रिक बल्ने र निभ्ने प्रक्रियाका करोडौँ आवृत्तिले नै आजका हाम्रा कार्य सम्पादन हुने गर्दछन् । कम्प्युटरको प्रणाली पनि मानौको आरम्भबाटै चलेको छ । ० र १ मानेकै आधार मान हुन् । जसभित्र हाम्रा हरेक विषयवस्तुको अनन्त शृङ्खला विद्युतीय तरङ्गसँगै प्रवाहित हुन्छ र हामी प्रत्यक्ष अनुभव गर्न सक्दछौँ ।

साहित्य सृजनामा त परिकल्पना अधिक नै रहन्छ । अझ भनौँ साहित्य सृजना परिकल्पना नै हुन् । जसले यथार्थको बोध गराउन सक्षम हुन्छन् । एउटै गीतले करोडौंको मन जित्न सक्छ । यो समाथ्र्य पनि यही परिकल्पनाले नै दिएको हो । हाम्रा हरेक विषयवस्तु यही परिकल्पनाको परिधिमा परिभ्रमण गरिरहेका हुन्छन् । हाम्रा व्यवहार जीवन पद्धति पनि यही परिकल्पनामा चल्ने गर्दछन् । एउटै व्यक्ति कसैको पिता, कसैका पुत्र, कसैका मामा, कसैका काका, कसैका शिक्षक हुनसक्छन् । कार्यप्रकृति अनुसार पेशागत चिनारी पनि भिन्न हुनसक्छ । यसरी एउटै व्यक्तिलाई अनेकौं विशेषता दिनुभनेको परिकल्पनाको सिद्धान्तमा चल्नु हो । जसबाट हाम्रा व्यवहारका कार्य सजिला हुन्छन् ।

ज्योतिषीय काल गणना पनि यही परिकल्पनामा नै आधारित छ । ब्रहृमाजीको एक दिनको समय चार अर्ब बत्तीस करोड वर्षको परिकल्पना गरिएको छ । यही समयभित्रका सूक्ष्म समयको गणना नै हाम्रा तिथि मिति हुन् । यिनै तिथि मितिमा हामी हाम्रा धार्मिक सांस्कृतिक कार्य सम्पादन गर्दछौं । सर्वप्रथम यो ब्रहृमाण्डलाई एक गोलाकार रूपमा परिकल्पना गरिएको छ । यही गोलाकार स्वरूपमा सूर्य हिँड्ने बाटो परिकल्पित छ जसलाई क्रान्तिवृत्त भनिन्छ । ध्रुवतारा हाम्रो तुलनामा वर्षांैसम्म स्थिर रहने भएकाले स्थिर आधार मानिएको हो ।
यसैगरी आकाशमा देखिने तारा विशेषलाई नक्षत्र मानिएको छ । तिनै नक्षत्र ताराको समूह राशि हो । आकाशमा भेडाको जस्तो आकृतिका ताराको समूह विशेषलाई मेष भनी परिकल्पना गरिएको छ । सोही परिकल्पित राशिको स्थानमा ग्रह पुग्दा मेष राशिको ग्रह भनिन्छ । यही आधारमा हाम्रा ग्रहगणना हुन्छन् । ग्रहको गति पनि परिकल्पित हो । जसले यथार्थसँग सम्बन्ध राख्छ र भनेको समयमा ग्रह उदित र अस्त हुने गर्दछन् ।

ज्योतिषमा पृथ्वी अचल मानिन्छ अनि आकाशीय ग्रहहरू चल हुन्छन् र एउटा गणना सम्भव छ । पृथ्वीलाई पनि चल मान्ने अनि आकाशीय सबै ग्रहलाई पनि चल मान्ने हो भने हाम्रा गणना पद्धति बन्न सक्दैनन् । यसैले आधुनिक विज्ञानले सूर्यलाई अचल मान्छ ।

सृष्टि ब्रहृमाजीको कल्पना हो । मानव आदि सजीव निर्जीव सबै वस्तु परिकल्पनाका उपज हुन् । यसरी गरिएको परिकल्पना यथार्थमा सावित हुन्छ भने त्यो सर्वस्वीकार्य हुन्छ । सर्वग्राहृय पनि बन्न सक्छ । क=५ हुन्छ भने यही आधारमा यसको मूल्य निर्धाररण गरेर काम गर्नुपर्ने हुन्छ । गणितका सूत्र र हाम्रा यावत् सिद्धान्त यही परिकल्पनाको प्रवाहमा अनुबन्धित छन् । हामी परिकल्पना गर्छौं र सोही परिकल्पित मानलाई सार्थक बनाउन अभ्यासरत रहन्छौं ।

नाटक यही मनौको अवधारणमा चल्छ । चलचित्र पनि यही अवधारणमा चलेका छन् । वास्तवमा नाटक नाटक नै हो तर यो कसैको परिकल्पना पनि हो र नाटक हेर्ने व्यक्ति पनि कसैको परिकल्पना नै हुन् । दर्शकको सोचाइमा पनि सोही परिकल्पना चल्ने गर्दछ जसले उसको अनुभवमा ती विषयवस्तुलाई सम्वेद्य बनाउने गर्दछन् । हाम्रो समय गणनाका आधार पनि मानौँ भन्ने आधारमा नै केन्द्रित छन् । चाहे भूकेन्द्री हुन् चाहे सूर्यकेन्द्री हुन् । आजको विज्ञानले सूर्यलाई केन्द्र बनाएर गणना गर्छ भने ज्योतिषले पृथ्वीलाई केन्द्र बनाउँछ ।
यसैले ज्योतिषमा पृथ्वी अचल मानिन्छ अनि आकाशीय ग्रहहरू चल हुन्छन् र एउटा गणना सम्भव छ । पृथ्वीलाई पनि चल मान्ने अनि आकाशीय सबै ग्रहलाई पनि चल मान्ने हो भने हाम्रा गणना पद्धति बन्न सक्दैनन् । यसैले आजको आधुनिक विज्ञानले सूर्यलाई अचल मान्छ र हिसाब गर्छ । वस्तवमा त यो संसारमा सबै कुरा चलायमान छन् । सबै हिँड्छन् नै । प्रत्येक अणु परमाणुमा त गति हुन्छ भने अन्यमा नहुने कुरा हुँदैन ।

कुनैमा व्यक्त र दृष्ट हुन्छ त कुनै अव्यक्त र अदृष्ट यत्ति फरक हो । सूर्यलाई केन्द्र माने पनि उही गणना अउँछ अनि पृथ्वीलाई केन्द्र माने पनि गणना उही नै आउँछ । यहाँ दुबै सिद्धान्त आफ्ना ठाउँमा सही छन् । जे कुरालाई परिकल्पना गरेर तयार गरिन्छ सोही कुरा हाम्रा सामु पनि आउने गर्दछ । घडीको सुईलाई गति दिए पनि सही समय र घडीको तल्लो भागलाई गति दिए पनि समय उही नै प्राप्त हुन्छ ।
संसारमा परिकल्पनाको सिद्धान्त व्याप्त छ । हाम्रा हरेक कार्य व्यवहारमा यही परिकल्पनाले कार्य गरिरहेको हुन्छ । व्यक्तिको नाम पनि मानेकै हो । जसरी सिङ नभए पनि गोरुको नाम तिखे राखेजस्तै हो । धन नभए पनि नाम धनपति राखेजस्तै हो । यहाँ नाम र अर्थको सम्बन्ध हुनुपर्छ भन्ने छैन । कसैले परिकल्पना गरेको कुरालाई स्वीकार गरी सबैले सम्बोधन गर्नु र सोही अवधारणा तयार गर्नु परिकल्पनाको साकार रूप हो । शिक्षा, स्वास्थ्य, इतिहास, भूगोल, खगोल, विज्ञान, प्रविधि, गणित विज्ञान आदि हरेक क्षेत्रमा परिकल्पना व्याप्त छ । यही परिकल्पनालाई साकार रूप प्रदान गर्न आम मानवजीवन यसमै समर्पित भएर लागेको छ । यसैले हामी परिकल्पनाको सिद्धान्तमा नै चलेका छौं ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?