भक्तपुर । भक्तपुरको सल्लाघारी हनुमन्ते पुल नजिकै गुडिरहेको गाडीबाट खसेर शनिबार एकजनाको मृत्यु भएको छ ।
राधेराधेबाट निकोसेरातर्फ जादै गरेको बा २१ च ५३०१ नं.को गाडीमा पछाडि सवार हाल नामथर, वतन नखुलेको बर्ष अं. ४०/४५ की महिलाकाे गाडी गुडिरहेको अबस्थामा अचानक खसी मृत्यु भएको हो ।
प्रहरीका अनुसार दुर्घटनापछि गम्भीर घाईते भई उपचारको लागि डा. ईवामुरा अस्पताल लगेकोमा उपचारको क्रममा मृत्यु भएको हो ।
घटनापछि सवारी चालक काभ्रे भुम्लु गाउँंपालिका-३ घर भई हाल ललितपुर ईमाडोल बस्ने बर्ष ३० का सूर्यबहादुर पहरीलाई प्रहरी वृत्त जगातीले नियन्त्रणमा लिई आवश्यक अनुसन्धान सुरू भएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच