बुटवलको तामनगरमा सवारी दुर्घटना हुँदा गुल्मीका २ जनाको मृत्यु

चन्द्रकान्त खनाल रुपन्देही, संवाददाता
चन्द्रकान्त खनाल रुपन्देही, संवाददाता
Read Time = 1 min

रुपन्देही । बुटवलको तामनगरमा सवारी दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा गुल्मीको मालिका गाउँपालिका-४ अर्खवाङका १७ वर्षीय सुजन अर्याल र मालिका गाउँपालिका ८ सिमलटारीका २६ वर्षीय प्रकाश पन्थी रहेको लुम्बिनी प्रदेश प्रहरी कार्यालय बुटवलका प्रहरी निरीक्षक इनिसपेक्टर अमृत भण्डारीले बताउनु भयो ।

शनिबार दिउँसो बुटवलबाट कपिलवस्तु तर्फ जादै गरेको लु १ ख ९०६३ नम्बरको बस र बुटवलतर्फ आउदै गरेको लु ३९ प ९१५७ नम्बरको मोटरसाइकल तामनगर स्थित कोरियन टेक्निकल कलेज नजिक एक आपसमा ठक्कर खाएका थिए ।

दुर्घटनामा परी मोटरसाइकलमा सवार दुबै जनाको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा मृत्यु भएको प्रहरी निरीक्षक भण्डारीले बताउनु भयो । ठक्कर दिने बस र चालकलाई नियन्त्रणमा लिएको उहाँले बताउनु भयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?