काठमाडौं । चलचित्र ‘राधा’ले फ्रान्सको कान्स शहरमा आयोजित ‘ला फामे इन्डिपेन्डेन्ट फिल्म फेस्टिबल’ मा तीन विधामा अवार्ड प्राप्त गरेको छ । अमेरिकामा ‘राधा’ को विशेष प्रदर्शनीमा व्यस्त रहनुभएका सुवर्ण थापाले फेस्टिबलमा उत्कृष्ट फिचर फिल्म, उत्कृष्ट अभिनेतृ, उत्कृष्ट निर्देशकको अवार्ड हात पार्न सफल भएको जानकारी दिनुभयो ।
सो फिल्म फेस्टिबलमा नेपाली चलचित्र ‘द सेक्रेट अफ राधा’ लेखन, निर्देशन, अभिनय, चलचित्र सेट डिजाइन, सम्पादन तथा छायांकनलगायत सात विधामा मनोनयनमा परेको थियो ।
सृष्टि श्रेष्ठको मुख्य भूमिका रहेको यो चलचित्र नेपाल प्राविधिक संघले आयोजना गरेको नेफ्टा अवार्डमा समेत १० विधामा मनोनयनमा परेको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच