‘टुंग्ना र डम्फु बजाउँदै’ भाग-२ सार्वजनिक

Read Time = 1 min

काठमाडौं । सिन्धु मल्लको स्वरमा रहेको गीत ‘टुंग्ना र डम्फु बजाउँदै’ भाग-२ सार्वजनिक भएको छ । सिन्धुकै शब्द, सुदाम थापा र सक्षम सिंह थापाको संगीत, सुदामकै संगीत संयोजन र किशोर थापाको मिक्सिङ रहेको गीतको भिडियो सार्वजनिक भएको हो ।

शान थापाको निर्देशन रहेको गीतको भिडियोमा एलिशा राई र सागर खनाललाई फिचरिङ गरिएको छ । अर्जुन तिवारीको छायांकन रहेको भिडियोमा सुप्रिम पराजुलीको सम्पादन छ ।

आफ्नो सांगीतिक जीवनको तेस्रो दशकमा यात्रा गरिरहनुभएकी लोकप्रिय गायिका सिन्धु मल्ल गीतकारका रूपमा यो दोस्रो गीत हो । यसअघि ‘देवर ज्यूको बिहे’ बोलको तीज गीतमार्फत गायिका मल्लले आफूलाई गीतकारको रूपमा पनि प्रस्तुत गर्नुभएको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?