सुजनको ‘भुक्के चप्पल’ सार्वजनिक

Read Time = 1 min

काठमाडौं । गायक तथा कलाकार सुजन शिवाकोटीको ‘भुक्के चप्पल’ सार्वजनिक भएको छ । सामाजिक अभियन्ता तथा युवा व्यवसायीसमेत रहनुभएका गायक शिवाकोटीकै शब्द तथा संगीत निरज खतिवडाको एरेन्ज, विषम आचार्यको मिक्सिङ तथा मास्टरिङ रहेको गीतको भिडियो सार्वजनिक भएको हो ।

लेखराज तामाङको निर्देशन रहेको गीतको भिडियोमा गायक शिवाकोटीसहित लोकप्रिय कलाकारहरू सुरवीर पण्डित (दारीबा), शारदा गिरी (कालीबुढी), नवीना शिलवाल (खुईली)को अभिनय देख्न सकिन्छ । एक रोमान्टिक प्रेम जोडीको रोमान्स, ख्याल ख्यालैमा माया बसेको दृश्य र ग्रामीण परिवेशको कथामा गीतको भिडियो तयार पारिएको छ ।

प्रेम, कमेडीलगायत विषयवस्तुलाई समेटेको भिडियोको छायांकन बुद्ध थापाले गर्नुभएको हो भने भिडियोको सम्पादन मीन रावलको छ । रावलकै कलरिङ रहेको भिडियो ओएसआर डिजिटलमार्फत सार्वजनिक गरिएको हो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?