‘ए’ डिभिजन लिग : आज चार खेल हुँदै

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबलअन्तर्गत आज(आइतबार) चार खेलहरू हुँदैछन् ।

दोस्रो लेगको ११ औं चरणअन्तर्गत आइतबार चार खेलहरू हुनेछन् । जसमा दुई खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुनेछ । त्यस्तै एक खेल च्यासल र एक खेल एन्फा कम्प्लेक्समा हुनेछ ।

दशरथ रंगशालामा हुने पहिलो खेलमा न्युरोड टिम एनआरटी र हिमालयन शेर्पा क्लबबीच प्रतिस्पर्धा हुनेछ । एनआरटी र हिमालयनबीचको खेल दिउँसो ३ बजे सुरु हुनेछ ।

रंगशालामा हुने दोस्रो खेलमा फ्रेन्ड्स क्लब र मनाङ मर्स्याङ्दी क्लबबीच प्रतिस्पर्धा हुनेछ । फ्रेन्ड्स र मनाङबीचको खेल साँझ ६ बजे सुरु हुनेछ ।

यस्तै च्यासलमा नेपाल पुलिस क्लब र मछिन्द्र क्लबबीच प्रतिस्पर्धा हुनेछ । पुलिस र मछिन्द्रबीचको खेल दिउँसो ३ बजे सुरु हुनेछ ।

एन्फा कम्प्लेक्समा एफसी खुमलटार र संकटा क्लबबीच खेल हुनेछ । दुई टोलीबीचको खेल दिउँसो ३ बजे हुनेछ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?