नागरिकता विधेयक प्रमाणीकरण असंवैधानिक भन्दै परेको रिटमा आज सुनवाई हुँदै

हिमालय टाइम्स
Read Time = 3 mins

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले हालै प्रमाणित गर्नुभएको नागरिकता विधेयकमाथि परेको मुद्वाको रिटमा आज सुनवाई हुँदैछ ।

राष्ट्रपतिले प्रमाणिकरण गरेको बिद्येयक असंवैधानिक भएको भन्दै वरिष्ठ अधिवक्ताद्वय बालकृष्ण न्यौपाने र सुरेन्द्र भण्डारी दर्ता गरेको रिटमा आज सर्वोच्च अदालतमा सुनवाई हुन लागेको हो । सो रिट गत शुक्रबार दर्ता भएको थियो ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ भारत भ्रमणमा निस्कनु अघि राष्ट्रपति पौडेलबाट प्रमाणीकरण गरेका विधेयक असंवैधानिक भएकाले लागू नगर्न-नगराउन अन्तरिम आदेशसमेत माग गरिएको छ। अघिल्लो संसदले बहुमतले पारित गरेको उक्त विधेयक प्रधानमन्त्री प्रचण्ड भारत जाने दिनमा राष्ट्रपति पौडेलले प्रमाणित गर्नुभएको थियो ।

तत्कालिन सभामुख अग्निप्रसाद सापकोटाले प्रमाणीकरणका लागि राष्ट्रपति कार्यालय, शितल निवासमा पठाएको भए पनि निवर्तमान राष्ट्रपति बिद्यादेवी भण्डारीले सो बिद्येयक प्रमाणित गर्नुभएको थिएन। पहिलो पटक पठाउँदा राष्ट्रपति भण्डारीले संघीय संसद सचिवालयलाई १५ वटा प्रश्न सोधेर फिर्ता गरे पनि त्यसको कुनै जवाफ नदिई कांग्रेस-माओवादी गठबन्धनले बहुमतको आधारमा पुनः प्रमाणिकरणका लागि दोस्रो पटक पुनः सो बिद्येयक शितल निवास पठाइएको थियो ।

त्यसपछि पनि प्रमाणित हुन नसकेको सो विधेयकलाई राष्ट्रपतिले जेठ १७ गते प्रमाणित गरे पछि बिबादको घेरामा परेको छ । नयाँ संसद आईसकेको अवस्थामा पुरानो संसदले पठाएको बिद्येयक प्रमाणिकरण गरेको भन्दै संसद लगायत नागरिक समाजले राष्ट्रपतिको उक्त कदमको बिरोध गरिरहेका छन् ।

सोही कदमको बिरोधमा शुक्रबार दर्ता भएको रिटमा आज सुनवाई हुन लागेको हो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?