संसद बैठकको कार्यक्रम स्थगन गर्न राप्रपाको प्रस्ताव

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । राप्रपाले प्रतिनिधिसभा बैठकको नियमित कार्यक्रम स्थगन गर्न प्रस्ताव गरेको छ ।

आइतबार बिहान ११ बजेका लागि बोलाइएको बैठक अझै सुरु भएको छैन । तर, राप्रपाले नीति र नियमविपरीत नागरिकता विधेयक प्रमाणीकरण गरेकाले यस विषयमा छलफल नगरी नियमित रुपमा संसद बैठक अघि नबढ्ने भन्दै निर्धारित सबै कार्यक्रम स्थगित गर्न प्रस्ताव गरिएको हो ।

राप्रपाका प्रमुख सचेतक ज्ञानेन्द्रबहादुर शाहीले प्रतिनिधिसभा नियमावली २०७९ को नियम ७४ बमोजिम संसद वैठकको कार्यक्रम स्थगत गर्न प्रस्ताव पेस गर्नुभएकाे छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?