रौतहटमा सय जना भन्दा बढी स्वास्थ्यकर्मीहरु जनमत पार्टीमा प्रवेश

हिमालय टाइम्स
Read Time = 2 mins

रौतहट । रौतहटमा विभिन्न पार्टी परित्याग गरी सय जना भन्दा बढी स्वास्थ्यकर्मीहरु जनमत पार्टीमा प्रवेश गरेका छन् ।

रौतहटको गौरमा एक कार्यक्रमकाबीच ति स्वास्थ्यकर्मीहरु जनमत पार्टीमा प्रवेश गरेका हुन् ।

गौरमा रहेको एक गेष्टहाउसमा आज राखिएको स्वास्थ्य कर्मी जनमत सघं जिल्ला स्तरीय भेला तथा समिति गठन कार्यक्रममा स्वास्थ्यकर्मी जनमत संघको केन्द्रीय अध्यक्ष डा.सि.के.सिंहको अध्यक्षतामा र जनमत पार्टीका उपाध्यक्ष तथा मधेश प्रदेशका मन्त्री वसन्त कुशवाहको विशिष्ट आतिथ्यता तथा जनमत पार्टीका केन्द्रीय सदस्य डा. सुबन्त कुशवाह, पुर्व जिल्ला सचिव बिकास कुमार यादव , ब्रिज किशोर यादवलगायत नेता कार्यकर्ताको आतिथ्यतामा पार्टी प्रवेश कार्यक्रम तथा स्वास्थ्यकर्मी जनमत संघको जिल्ला समिति गठन गरिएको हाे ।

कार्यक्रममा स्वास्थ्य कर्मी जनमत सघंका अध्यक्ष डा.सि.के सिंहले नयाँ पदाधिकारीहरुलाई माला र टिका लगाइ सदस्यता कार्ड बितरण गर्नुभएकाे थियाे ।

त्यसैगरी आजकै बैठकबाट उदय सिंह कुशवाहको अध्यक्षतामा ३१ सदस्यीय जनमत पार्टीको गौरवशाली भातृसंगठन स्वास्थ्यकर्मी जनमत संघ रौतहट जिल्ला समिति गठन गरी पदाधिकारीहरु तोकिएका छन् ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?