काठमाडाैं । नेकपा (एमाले)ले प्रतिनिधिसभा बैठक अवरुद्ध पारेको छ ।
राष्ट्रपति रामचन्द्र पौडेलले असंवैधानिक ढंगले नागरिकता विधेयक प्रमाणीकरण गरेको, प्रधानमन्त्रीले भारत भ्रमणको क्रममा आफ्नो नेपाली भूमि भारतसँग साट्ने काम गरेको विरोधमा आईतबार बसेको प्रतिनिधिसभा बैठक अवरुद्ध पारेको हो ।
बैठकका बोल्दै एमालेका प्रमुख सचेतक पदम गिरीले राष्ट्रपतिले प्रमाणिकरण गरेको विधेयक निष्क्रिय बनाई एक हप्ता भित्र सरकारले संसदले अर्को विधेयक नल्याएसम्म संसद बैठक चल्न नदिने चेतावनी दिनु भयो ।
आइतबार निर्धारित समयभन्दा ढिलोगरी सुरु भएको प्रतिनिधिसभाको बैठक एमालेसहितका प्रतिपक्षी दलको अवरोधका कारण एक घण्टाका लागि स्थगित गरिएको हो ।
नागरिकता विधेयक प्रमाणीकरणसहितका विषयलाई लिएर एमाले, रास्वपा, राप्रपासहितका दलका सांसदले उठेर विरोध जनाउँदै बैठक अवरुद्ध गरेका थिए ।
सभामुख देवराज घिमिरेले सभाको ध्यानाकर्षण भएको भन्दै बसेर बैठकलाई नियमित प्रक्रियामा लैजान सहयोग गर्न आग्रह गर्नुभयाे । तर, उनीहरुले मानेनन्, उठेर विरोध जनाउँदै नाराबाजी गरिरहे । पटक पटकको आग्रह नमानेपछि सभामुख घिमिरेले आइतबार नै बस्नेगरी एक घण्टाका लागि बैठक स्थगित गर्नुभएकाे हाे ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच