राष्ट्रियसभाद्वारा पूर्व सांसद पाण्डेको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै शोक प्रस्ताव पारित

फाइल तस्बिर

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । राष्ट्रियसभाले पूर्वसांसद मीना पाण्डेको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै शोक प्रस्ताव पारित गरेको छ ।

आईतबार बसेको राष्ट्रियसभाको दोस्रो बैठकले पूर्व सांसद पाण्डेको निधनप्रति दुःख व्यक्त गर्दै शोक प्रस्ताव पारित गरेको हो । त्यसैगरी बैठकमा उहाँको निधनप्रति शोक व्यक्त गर्न एक मिनेट मौनधारण पनि गरेको थियो ।

पुर्व महिला, बालबालिका तथा समाजकल्याण राज्यमन्त्रीसमेत रहनु भएकी स्वर्गीय पाण्डे नेपाली काँग्रेसको तर्फबाट २०४८, २०५१ र २०७४ मा प्रतिनिधिसभा सदस्य साथै २०६४ को संविधानसभा सदस्य हुनुहुन्थ्यो । राष्ट्रियसभाको अर्को बैठक जेठ २२ गते सोमबार अपरान्ह १ बजेर १ मिनेटमा  बोलाइएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?