अध्यक्ष लिङ्देनको प्रश्न : प्रधानमन्त्रीको भारत भ्रमणअघि कसलाई खुशी पार्न नागरिकता विधेयक प्रमाणीकरण गरियो ?

हिमालय टाइम्स
Read Time = 3 mins

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अध्यक्ष राजेन्द्र लिङ्देनले नागरिकता विधेयक प्रमाणीकरण र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको व्यवहारप्रति आपत्ति जनाउनुभएको छ ।

संसदीय दलका नेता एवं अध्यक्ष लिङ्देन आइतबार बसेको प्रतिनिधि सभामा बोल्दै नागरिकता विधेयक प्रमाणीकरणको घोर भर्त्सना र निन्दा समेत गर्नुभयो ।

राष्ट्रपति रामचन्द्र पौडेलले गलत विधिबाट नागरिकता विधेयक प्रमाणीकरण गरेर असंवैधानिक काम गरेको भन्दै उहाँले राष्ट्रपति मन्त्रिपरिषद्को कारिन्दा हुन नसक्ने बताउनुभयो ।
अध्यक्ष लिङ्देले भन्नुभयो, 'राष्ट्रपति मन्त्रिपरिषद्को कारिन्दा होइन, राष्ट्रपति कार्यालय मन्त्रिपरिषद्को आज्ञापालक हैन, राप्रपाले राष्ट्रपति संस्था संवैधानिक हिसावले पनि निष्पक्ष हुँदैन, हामीले यसलाई जतिसुकै निष्पक्ष भनेपनि यो अभिभावक हुन सक्दैन भनेका थियौं आज त्यही भयो ।'

यत्रो दिन नागरिकता विधेयकमा सरकारको चासो नदिएको तर प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड भारत भ्रमण जानु एक दुई घण्टाअघि कसको स्वार्थका र कसको खुशीका लागि प्रमाणीकरण गरियो भनेर उहाँले प्रश्न गर्नुभयो ।

अध्यक्ष लिङ्देनले भन्नुभयो 'यत्रो दिन नागरिकता विधेयक किन प्रमाणीकरण गर्नुपरेन अथवा सरकारको चासोको विषय भएन, अनि भारत भ्रमण गर्नुभन्दा १/२ घण्टा अगाडि मात्रै त्यसलाई किन प्रमाणीकरण गर्नुपर्‍यो ? कसको खुशी र कसको स्वार्थका लागि यो गरियो रु जवाफ चाहियो ।' नागरिकता विधेयकलाई चाँडो भन्दा चाँडो पक्रियामा ल्याउन र त्यसलाई सच्याउन समेत उहाँले सरकारसँग माग गर्नुभयो ।

अदालतले दोषी ठहर गरेको व्यक्तिलाई सर्वोच्चबाट फैसलाको पूर्णपाठ नआउँदै आममाफी दिएर सरकारले गलत नजिर बसालेको भन्दै अध्यक्ष लिङ्देनले आपत्ति जनाउनुभयो ।

अखण्ड भारतको नक्सामा राखिएको नेपालको भूमिको विषयमा प्रधानमन्त्री नबोलेको भन्दै उहाँले आपत्ति जनाउनुभयो । त्यसको बारेमा के छलफल भयो यी विषयमा प्रधानमन्त्रीले सदनमा आएर जवाफ नदिएसम्म संसद् चल्न नसक्ने उहाँले बताउनुभयो ।

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?