गौर हत्याकाण्डविरुद्ध सर्वोच्चमा मुद्दा दर्ता, भोलि पेसी

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । रौतहटको गौर हत्याकाण्डविरुद्ध सर्वोच्च अदालतमा रिट दर्ता गरिएको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयलाई विपक्षी बनाएर आइतबार दर्ता भएको रिटको पेसी सोमबारलाई तोकिएको छ ।

त्रिभुवन साहसमेतले रिट दर्ता गराउनु भएको हो । ७ चैत २०६३ मा भएको सो घटनामा २८ जनाको मारिएका थिए ।

रौतहटको गौरस्थित राईसमिलको चौरमा मधेशी जनाधिकार फोरम र तत्कालीन नेकपा माओवादीले कार्यक्रम राखेपछि भएको झडपमा २७ जनाको घटनास्थल र एकजनाको उपचारका क्रममा निधन भएको थियो । जसलाई गौर हत्याकाण्डले चिनिन्छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?