नेकपा एसका उपाध्यक्ष केदार न्यौपाने एमालेमा समाहित, ओलीसहितका नेताले गरे स्वागत

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । नेकपा एकीकृत समाजवादीका उपाध्यक्ष केदार न्यौपाने नेकपा एमालेमा फर्किनुभएको छ । न्यौपानेले केही समयअघि नेकपा एसको नीति तथा प्रवृत्तिसँग असहति जनाउँदै राजीनामा दिनुभएको थियो ।

एमाले विभाजनपछि नेकपा एसको उपाध्यक्ष रहनुभएका न्यौपानेलाई एमाले अध्यक्ष केपी शर्मा ओली, महासचिव शंकर पोखरेल, उपमहासचिव प्रदीप ज्ञवाली र विष्णु रिमाललगायतका नेताहरूले आइतबार पार्टी कार्यालय च्यासलमा स्वागत गर्दै प्रवेश गराउनु भएको थियो ।

प्रवेश कार्यक्रममा नेकपा एसका अर्का उपाध्यक्ष केशवलाल श्रेष्ठ पनि सहभागी हुनुभएको थियो । श्रेष्ठले एमाले अध्यक्ष ओलीले नेकपा एससहितका सबै कम्युनिस्ट पार्टीहरूलाई मिलाएर बलियो कम्युनिस्ट पार्टी बनाउने अभियानको नेतृत्व लिनुपर्ने प्रस्ताव लिएर एमाले पार्टी कार्यालय च्यासल पुगेको बताउनु भयो ।

उहाँले देशमा नयाँखाले चुनौती देखिएकाले अहिलेकै तरिकाले पार्टी सञ्चालन हुन नसक्ने भएकाले एकता अभियानको नेतृत्व लिन नेकपा एसभित्रै पनि मत राख्दै आएको बताउनु भयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?