भारतले आफ्ना नागरिकलाई नेपाली नागरिकता दिलाएर सिक्किम र भुटान बनाउन खोज्दैछ : चित्रबहादुर केसी

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले भारतले भारतीयलाई नागरिकता दिलाएर जनसांख्यिक हिसाबले नेपालमा बहुमत पुर्‍याउन खोजेका आरोप लगाउनु भएको छ । भारतले नेपाललाई सिक्किम र भुटान बनाउन खोजेको उहाँको आरोप छ ।

अंगीकृतबाट जन्मिएकालाई बंशजको नागरिकता दिनै नमिल्ने उहाँले तर्क गर्नुभयो । संविधानमै त्यो कुरा राखेर नेपाललाई कमजोर पार्न खोजिएको उहाँले बताउनु भयो। 'भारतीय शासकहरुले भनेका छन् नेपालमा एक करोड भारतीय छन् भनेर। एकातिर भुगोलमाथि आक्रमण, अर्कोतिर जनसांख्यिक आक्रमण गरेर भारतले नेपाललाई सिक्किम बनाउन, भूटान बनाउन प्रयत्न गरिराखेको छ,’ केसीले भन्नुभयो ।

नेपाललाई हिन्दुराज्य बनाउने मात्रै बनाउने नभई अखण्ड भारतमा समेत सामेल गराउने तयारी भारतको रहेको उहाँले टिप्पणी गर्नुभयो ।

यस्तै प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले नागरिकता विधेयक प्रमाणीकरणका लागि जस लिन नपाएर आक्रोस पोखिरहेको बताउनु भयो । एमालेले पनि यो विधेयक ल्याउन खोजेकोमा त्यसको जस लिन नपाउँदा उसलाई छटपटी भइरहेको उहाँको भनाइ थियो।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?