पाल्पा । पाल्पाको रैनादेवी छहरा गाउँपालिका – ८ सत्यवतीमा जिप दुर्घटना भएको छ । भर्खरै रुपन्देहीको सालझण्डीबाट अर्घाखाँचीको पणेनातर्फ जाँदै गरेको लु १ च ९०२४ नम्वरको जिप सत्वतीको केवरेछेडामा दुर्घटना भएको हो ।
दुर्घटनामा परी ३ जना घटनास्थलमै मृत्यु भएको छ भने १२ जना घाईते भएको वडा अध्यक्ष रेमबहादुर रानाले जानकारी दिनुभयो । घाईतेहरुलाई स्थानीयवासी तथा प्रहरीको सहयोगमा उद्धार गरी उपचारको लागि बुटवलतर्फ पठाइएको वडा अध्यक्ष रानाले बताउनुभयो । मृतकहरुको पोष्टमार्टमको लागि बुटवलतर्फ पठाएको उनले बताउनुभयो ।
मृतकको भने पहिचना खुलेको छैन । जिप अत्याधिक लोड भएकाले साघुरो बाटोमा लोड थाप्न नसकी व्याक भई दुर्घटना भएको हुन सक्ने बताइएको छ । जिप सडकबाट करीव ७० मिटर तल खसेकोे छ । घटनास्थमा ईलाका प्रहरी कार्यालय भुझुङ, प्रहरी चौकी बल्ढेङगढी र ईलाका प्रहरी कार्यालय सालझण्डीबाट प्रहरीहरु खटिकाएका छन् ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच