यस्तो छ तपाईंको जेठ २२ गते सोमबारको राशिफल

हिमालय टाइम्स
Read Time = 2 mins

✍️ ज्योतिषाचार्य नारायणप्रसाद भण्डारी

आज मिति २०८० जेठ २२ गते सोमबार ई.सं. ५ जुन, २०२३ । तिथि- आषाढ कृष्णपक्ष प्रतिपदा, ७ः४१ बजेपछि द्वितीया, नक्षत्र- मूल, ५ः२३ बजेपछि ज्येष्ठा, योग- साध्य, करण- कौलव, चन्द्रराशि- धनु, सूर्योदयः ५ः१०, सूर्यास्तः १८ः५५ ।

मेष : अभिभावकले स-साना त्रुटि औंल्याउँदा मन खिन्न हुनेछ ।

वृष : अवसरका लागि केही त्याग गर्नुपर्ला ।

मिथुन : धर्मकर्ममा रुचि, शुभ समाचार सुन्न पाइएला ।

कर्कट : परिस्थितिले अप्ठ्यारा चुनौतीहरूसँग सम्झौता गराउन सक्छ ।

सिंह : दाम्पत्य जीवनमा एक किसिमको निरासा आउन सक्छ ।

कन्या : सामाजिक पदप्रतिष्ठा प्राप्त हुने देखिन्छ ।

तुला : एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ ।

वृश्चिक : आफूलाई कमजोर भएको अनुभूति हुनेछ ।

धनु : नजिकको व्यक्तिबाट धोका पाइन सक्नेछ ।

मकर : परिवारजनको साथले नयाँ आशा पलाउनेछ ।

कुम्भ : सामाजिक क्षेत्र र नोकरीबाट अपजश मिल्नेछ ।

मीन : सुख-दुःखमा साथ दिनेहरू प्रशस्तै भेटिनेछन् ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?