हाम्रो कल्पविग्रह खोइ ?

Read Time = 17 mins

एक सय पच्चीस जनाको लावालस्करसहितको पुष्पकमल दाहालको इण्डिया भ्रमणमा जनताले जे सोचेका थिए परिणति त्यही आयो । नेपालका प्रधानमन्त्रीहरूको भारत भ्रमणमा नेपाल सधैं पराजित हुँदै आइरहेको छ र अहिले पनि भयो । नेपालका नदीहरू माथि इण्डियालाई एकाधिकार दिने काम कोशी-गण्डकी हुँदै महाकालीदेखि लिएर अहिलेसम्म नेताहरूबाट हुँदै आएको छ । अहिले फेरि त्यसैको निरन्तरता भयो यो भ्रमणमा । तल्लो अरुण, फुकोट कर्णाली इण्डियालाई दान गरियो । दलीय व्यवस्थामा सत्ता टिकाउन प्रत्येक प्रधानमन्त्रीले नेपाललाई इण्डियामा बन्धकी राख्दै आइरहेका छन् ।

दाहाल इण्डिया जानुअगाडि चुरे र नागरिकता इण्डियालाई उपहार दिएर गएका थिए । नागरिकता विधेयकले इण्डियनलाई मात्र नागरिकता लिन सजिलो भएको छैन अपितु अन्य देशलगायत एमसिसीको कारण हुनसक्ने बलात्कार आदिबाट जन्मेका सन्तानहरू पनि नेपाली नागरिक बन्ने भए । नेपालीपनलाई समाप्त पार्न यो खेल खेलिँदै छ । इण्डियाका सडक बालबालिकाहरू पनि सजिलै नेपालको नागरिकता पाउने भए । अपवादबाहेक यौनकर्मीहरूलाई मात्र आफ्नो सन्तानको बाउ को हो थाहा हुँदैन, नत्र प्रत्येक आमालाई आफ्नो सन्तानको बाउ को हो भन्ने थाहा हुन्छ ।

इण्डियालाई यति थोक बुझाउँदा पनि दाहालको स्वागतमा राज्यमन्त्री जानु सम्मान होइन । मालिकले मालिककै स्वागत गर्छन्, दासको होइन । इण्डियालाई जलविद्युत् दान गरेर पेट्रोलियम पदार्थ आयात गर्नु कहाँको बुद्धिमानी हो । विद्युतीय गाडीहरू सञ्चालन गरेर, उद्योगधन्दाको विस्तार गरेर, विकट दुर्गम गाउँहरूमा विद्युत् आपूर्ति गरेर पनि नाफा कमाउन सकिन्छ । तर, दासताको सिक्रीले जकडिएकालाई आफ्नो राष्ट्रभन्दा मालिककै राष्ट्र प्यारो हुन्छ ।

इण्डियाले अफगानिस्तान, पाकिस्तान, बांग्लादेश, भुटान, नेपाल, श्रीलंका र बर्मालाई समेटेर अखण्ड भारत बनाउने घोषणा गरेको छ । अहिले इण्डियाका नयाँ संसद् भवनमा त्यही अखण्ड भारतको नक्सा राखिएको छ जसमा नेपालको कपिलवस्तु र लुम्बिनीको नाम किटान गरिएको छ ।

कालापानी, लिपुलेक र लिम्पियाधुरा, डुबान, बंगलादेशसम्म जाने बाटो र इपिजीको कुरा उठाउँन दाहाल डराए । बरू बीपी कोइराला नेपाल-भारत फाउण्डेशनको नाममा इण्डियन घुसपैठ भइरहेका बेला नेपालको परराष्ट्र नीतिमा हस्तक्षेप गर्ने परराष्ट्र मामिला अध्ययन प्रतिष्ठानको नाममा सुषमा स्वराज इन्सिट्युट जोडेपछि अब हाम्रो परराष्ट्र नीति तयार गर्ने जिम्मा पनि इण्डियालाई बुझाएर आए । कुनै दिन रक्षा पनि बुझाउने छन् ।

राष्ट्रिय स्वयं सेवक संघको भ्रातृ संगठन भाजपाको लक्ष्य अखण्ड भारतको हो । जबकि अखण्ड भारत कहिल्यै थिएन । इण्डियाले अफगानिस्तान, पाकिस्तान, बांग्लादेश, भुटान, नेपाल, श्रीलंका र बर्मालाई समेटेर अखण्ड भारत बनाउने घोषणा गरेको छ । अहिले इण्डियाका नयाँ संसद् भवनमा त्यही अखण्ड भारतको नक्सा राखिएको छ जसमा नेपालको कपिलवस्तु र लुम्बिनीको नाम किटान गरिएको छ । हुन त त्यसमा अरुणाचल प्रदेश र नागाल्याण्ड देखिँदैन । त्यही नक्साको मुन्तिर मोदी र दाहाल उभिएका थिए । यस बारेमा समेत दाहालले कुनै प्रश्न गर्न साहस गरेनन् । किनकि उनले उहिल्यै सिकम्पोसाको कुरा उठाएर अखण्ड भारतको समर्थन गरिसकेका छन् ।

नेपाल सनातन धर्मको जन्मस्थली हो । वेद, पुराण, स्मृतिलगायत सम्पूर्ण सनातन धर्म ग्रन्थको जन्मभूमि नेपाल हो, सबै तीर्थस्थल यहीँ छन् । के दाहाल सरकारले कश्मीरदेखि कामरूपसम्म कैलाश मानेसरोवरदेखि गंगासम्मको प्राचीन नेपालको नक्सा नेपाली संसद भवनमा राख्न सक्छन् ? इण्डियाको महाकालेश्वर मन्दिरमा गेरुवा वस्त्र लगाएर र जनै धारण गरेर दाहालले पूजार्चना गर्दै राज्यकोषबाट लगेको १०८ किलो रुद्राक्ष र ५१ हजार रुपैयाँ भेटी चढाए । उहिल्यै भैंसी पूजा गरेका दाहालका लागि यो नौलो कुरा होइन । मदारीले जमुरेलाई जे गर्न भन्छ त्यही गर्छ, बाँदरलाई नाच भने नाच्छ, रो भने रुन्छ । मदारीको आज्ञापालकहरूले आफ्नो स्वविवेकले केही गर्न सक्दैनन् ।

दैलो छेउको पशुपतिनाथको दर्शन गर्न नजाने दाहाल महाकालेश्वरको दर्शन गर्न पुगे । उनीमात्र होइन कांग्रेसकम्युनिष्टहरू पनि गेरुवा वस्त्र धारण गरेर हात जोडेर प्रवचन सुनिरहे । नेपाललाई धर्म निरपेक्ष बनाउँदै सनातन धर्मविरोधी भएका र धर्मलाई अफिम भन्दै सनातन धर्ममाथि आक्रमण गर्नेहरूमा परिवर्तन आएको हो वा बाध्यताले धर्मको ढोङ गरेको हुन ? उनको महाकालेश्वर यात्रा पूर्व मोदीले उनलाई भनेका थिए, मलाई विश्वास छ तपाईको उज्जयैन यात्रा ऊर्जामय हुनेछ । पशुपतिनाथदेखि महाकालेश्वरसम्मको यात्रामा तपाईंलाई आध्यात्मिक अनुभूति पनि हुनेछ भन्ने विश्वास लिएको छु । मोदीको भनाइ सत्य सावित होस् । दाहाल आफूलाई मगध सम्राट अशोकसँग तुलना गर्छन् । अशोकले बुद्ध धर्म ग्रहण गरे तापनि आफ्नो देशको कठोर सुरक्षाको प्रबन्ध गरेका थिए । अब उनले सनातन धर्मको रक्षा, प्रचार र विस्तारका लागि आफ्नो आफ्नो राष्ट्रको सीमाको रक्षा गर्दै गुमेको भूभाग फिर्ता ल्याउने काम गर्नुपर्छ । अनि मात्र अशोक बन्न सकिन्छ र आफूले गरे गराएको ब्रहृमहत्या, गौहत्या, धर्महत्या र मानवहत्याको पापबाट मुक्ति पाउन सक्छन् ।

उनले प्राचीन नेपालको लुकेका धरोहरको रक्षा र उत्खनन गरी त्यसलाई सुरक्षित राख्न सक्नुपर्छ । अब कुनै मूर्तिले कल्प विग्रहको जस्तो परिणति भोग्नु नपरोस् । नेपालमा खम्पा विद्रोह उचाइमा थियो । मुस्ताङदेखि दार्चुलासम्म खम्पा विद्रोहीहरूको बिगबिगी थियो । उनीहरूलाई सिआइएले सैन्यलगायतको सहयोग गरिरहेको थियो । सन् १९५९, स्थान मुस्ताङको मेन्थाङ इलाका । सिआइएको एजेन्ट भएको एकजना बौद्ध भिक्षुबाट ४७ ग्राम वजन भएको भगवान विष्णुको मूर्ति काठको एउटा बाकसमा फेला प¥यो । केही समयपछि त्यो बाकससहित मूर्ति सिआइएका कमाण्डोहरूले आफ्नो कब्जामा लिए । कब्जामा लिएपछि त्यो बाकसमा लेबल लगाए । उनीहरूले यो मूर्तिलाई इण्डिया हुँदै अमेरिकन आर्मी बेस क्याम्प, वेलको नजिक कोलारोडामा लगेर राखे । बाकसमा मूर्तिसँगै एउटा प्राचीन पाण्डुलिपि पनि भेटियो ।

मूर्ति ५ दशमलब ३ सेमी लामो ४ दशमलव ७ सेमी चौडा र वजन ४७ ग्राम थियो । बाकस विशेष धातु र काठको बनेको थियो । मूर्तिको तल शिव पार्वतीको आकार थियो । सिआइएले त्यो मूर्तिलाई रेडियो कार्बन डेटिङ गर्न क्यालिफोर्निया विकिरण प्रयोगशालामा पठाएपछि जुन तथ्य बाहिर आयो त्यसले सबै अवाक भए । त्यो मूर्ति २६ हजार ४५० वर्ष पुरानो भएको तथ्य बाहिर आयो । वैज्ञानिकहरूका अनुसार त्यो मूर्ति द्वापर युगको हो र कुरुक्षेत्र युद्धभन्दा २३ हजार ३०० वर्ष पुरानो मूर्ति भएको प्रमाणित भयो ।

विज्ञहरूले यो प्रमाणित गरे त्यो मूर्ति विश्वको प्राचीन सभ्यताहरू मेसोपोटनिया, इजिप्ट, महेन्जादारो आदिभन्दा कैयौं हजार गुणा वर्ष पुरानो मूर्ति हो । उनीहरूले यसको नाम ‘कल्पविग्रह’ राखे । त्यो सबै योजनामा सिआइएका निर्देशक जोन म्याककोन व्यक्तिगत रूपले सामेल थिए । बाइबलमा बिग ब्यांगलाई ईसापूर्व चार हजार वर्ष पुरानो भनिएको छ ।

यसमा भएको पाण्डुलिपिको भाषा संस्कृतसँग मिल्दोजुल्दो थियो तर संस्कृत लिपि प्राचीन थियो । सिआइएले नेपाल र इण्डियाबाट विज्ञहरू झिकाई यो पाण्डुलिपि अध्ययन गर्न लगाउँदा यसको नाम कल्प महा आयुष रसायन विग्रा भेटियो । सिआइएलाई थप जानकारी दिँदै भनियो, यो मूर्तिलाई कुनै तामाको अम्खरामा पानी भरेर नौ दिनसम्म राखे पानी चार्ज हुन्छ । त्यो पानी तीन दिनसम्म खानेको उमेर धेरै लामो हुन्छ । सिआइएले यो विधि गर्‍यो र पानीलाई अलग अलग प्रयोगशालामा पठाएर सबै प्रयोगशालाको रिपोर्ट सिआइएको निर्देशक जोन म्याककोनलाई पठाइयो ।

नेपालको प्राचीन सीमा पश्चिम रीवादेखि पूर्व ब्रहृमपुत्र र उत्तर कैलाश मानसरोवरदेखि दक्षिण गंगासम्मको हो । आजभन्दा २८ हजार ७५० वर्ष पुरानो विष्णुको मूर्ति नेपालबाट प्राप्त हुनु जो द्वापर युगको थियो भने नेपालको अस्तित्व त सत्ययुगदेखि नै थियो ।

त्यसपछि सिआइएले वाटरिङ टिम गठन ग¥यो र पानीलाई अलग अलग ठाउँको गोरा, काला सबै जातजातिका मानिसहरूलाई खान लगायो । यो कुरा गोप्य नै राख्यो । यो प्रयोग सन् १९६० को आसपासमा गरिएको थियो । यो कुरा त्यसै सेलायो । एकदिन त्यो पानी खानेहरू पत्ता लगाउँदा तिनीहरू नाति पनातिसहित दीर्घजीवन बिताइरहेका थिए । कसैको आयु ११० त कसैको १२० वर्षको थियो । जो बिते तिनमा कार दुर्घटनामा मर्ने रुथ गोलोन्का थिइन्, विली ली मार्गेनको हत्या गरिएको थियो, स्टिभर मार्टिन र बर्ट जेनकिंसको भियतनाम युद्धमा मृत्यु भएको थियो ।

तर, अचानक सन् १९९६ मा सिआइएले अमेरिकी बेस क्याम्पमा राखेको कल्प विग्रह मूर्ति पाण्डुलिपिसहित चोरी भएको घोषणा गर्‍यो । धेरै खोजबिन भयो, हजारौं मानिससँग सोधियो, सरकारी कर्मचारी, सेनाका अधिकृत आदि तर मूर्ति र पाण्डुलिपिको पत्ता लागेन । यसलाई भेट्नेलाईलाखौं डलरको पुरस्कार पनि राखियो, अनेकौंको हत्या पनि गरियो, विशेष गरी माइक्रोबायोलोजीसँग सम्बन्धितको तर मूर्ति भेटिएन तर पाण्डुलिपि एउटा माइक्रोबायोलोजिष्टको घरमा भेटियो । सिआइए स्रोत २ अनुसार यो मूर्ति हैदरावाद (इण्डिया) मासफ्टवेयर वा आइटी व्यवसायीले राखेका छन् वा आन्ध्र प्रदेशको कुनै गाउँमा लुकाएर राखेका छन् ।

भगवान विष्णुको हातमा सुदर्शन चक्र हुन्छ । सबैभन्दा पहिला यो सुदर्शन चक्र शिवजीसँग थियो, अरू कसैसँग थिएन । भगवान विष्णुले यसलाई प्राप्त गर्न शिवजीको वर्षौंसम्म तपस्या तथा आराधना गरे । उनले हज्जारौं कमलको फूल शिवजीलाई अर्पण गरे । शिवजीले त्यसमध्ये एउटा फूल लुकाइदिनुभयो र विष्णुलाई एउटा फूल कम छ भन्दा विष्णुले आफ्नो आँखा झिकेर शिवजीलाई चढाएपछि शिवजी प्रसन्न हुनुभयो अनि आफ्नो सुदर्शन चक्र विष्णुलाई दिनुभयो ।

अब आऊँ अखण्ड भारत कि विशाल नेपाल । नेपालको प्राचीन सीमा पश्चिम रीवादेखि पूर्व ब्रहृमपुत्र र उत्तर कैलाश मानसरोवरदेखि दक्षिण गंगासम्मको हो । आजभन्दा २८ हजार ७५० वर्ष पुरानो विष्णुको मूर्ति नेपालबाट प्राप्त हुनु जो द्वापर युगको थियो भने नेपालको अस्तित्व त सत्ययुगदेखि नै थियो । नेपाललाई सत्ययुगमा सत्यवती, त्रेतायुगमा तपोवन, द्वापर युगमा मुक्तिसोपान भनिन्थ्यो । नेपालको पर्वत श्रृंंंखला १३ करोड वर्षभन्दा पनि पुरानो हो । बुटवलमा पाइएको रामापिथेकस मानवको अवशेष पनि एक करोड वर्षभन्दा पुरानो हो । नेपाल मानव उत्पत्ति, मानव सभ्यता, सनातन धर्म, ज्ञानविज्ञानको उत्पत्तिस्थल हो ।

आज माओवादी र उसका अनुयायी राजनीतिक दलहरूका कारण हाम्रो मौलिकता नष्ट हुने क्रममा छ । देवता, ऋषिमुनिहरूको देश आज दैत्यहरूको देशमा परिणत भएको छ । खम्पा विद्रोहताका २८ हजार ७५० वर्ष पुरानो हाम्रो प्राचीन मूर्ति सिआइएले चोरेर लग्यो । यदि कल्प विग्रह कतै भेटिन्छ भने अमेरिकामा भएको पाण्डुलिपिसहित त्यो फर्काउन नेपालीहरू लाग्नुपर्छ । दैत्यहरू देवताको दुश्मन थिए र आज पनि छन् । हाम्रो प्राचीन गौरवलाई फर्काउन प्रत्येक सनातनी नेपालीहरूले आआफ्नो क्षेत्रबाट अगाडि बढ्नुपर्छ । अखण्ड भारत होइन कि विशाल नेपाल भनेर गर्व गरौं ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?