पोखरीमा डुबेर नवलपरासीमा एक बालिकाको मृत्यु

सांकेतिक तस्बिर

प्रकाश न्यौपाने नवलपरासी, संवाददाता
Read Time = 2 mins

नवलपरासी । पोखरीमा डुबेर नवलपरासीमा एक बालिकाको मृत्यु भएकाे छ ।

पश्चिम नवलपरासीको रामग्राम नगरपालिका वडा नं १० नदवा स्थितमा रहेको श्री निवास केवटको माछा पोखरीमा पौडी खेल्ने क्रममा डुबेर उनको मृत्यु भएको हो ।

खोटाङ दिपरुङ गाउँपालिका वडा नं २ घर भई हाल रामग्राम नगरपालिका वडा नं १० स्थितको पेप्सी फ्याक्टीमा काम गर्ने लेखराज खत्रीको अन्दाजी ११ वर्षकी छोरी युनिसा खत्रीको मृत्यु भएको छ ।

उनीसँगै अर्की ७ वर्षकी मुना खत्री आज दिउँसो ११:४० बजेको समयमा डुबी रहेको अवस्थामा देखि तत्काल उनीहरु दुबै जनालाई उद्धार गरी उपचारको लागी जिल्ला अस्पताल पृथ्वी चन्द्र अस्पताल परासी लगिएको थियो । अस्पतालले ११:५५ बजेको समयमा युनिषा खत्रीको मृत्यु भएको घोषण गरेको जिल्ला प्रहरी कार्यालयका सुचना अधिकारी एवम् प्रहरी नायब निरिक्षक भोजराज पाण्डेले जानकारी दिनुभयो ।

मुना खत्रीको अवस्था चिन्ताजनक रहेकोले सामान्य उपचार पश्चात थप उपचारक लागी भैरहवा मेडिकल कलेज रुपन्देही पठाएको नवलपरासी प्रहरीले जनाएको छ ।

घटना स्थलमा जिल्ला प्रहरी कार्यालयबाट प्रहरी निरिक्षक किशोर आचार्यको कमाण्डमा सहित ७ जनाको टोली खटिएको र थप अनुसन्धान कार्य भई रहेको सूचना अधिकारी पाण्डेले बताउनुभयो ।

उक्त स्थान जिल्ला प्रहरी कार्यालयबाट ३ किलोमिटर पश्चिममा रहेको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?