प्रधानमन्त्रीद्वारा श्रद्धाञ्जली अर्पण

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सवारी दुर्घटनामा निधन हुनुभएकी उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्काकी माइली भाइबुहारी डा सञ्जु खाती खड्काप्रति श्रद्धाञ्जली अर्पण गर्नुभएको छ ।

प्रधानमन्त्री दाहालले आज बिहान उपप्रधानमन्त्री खड्काको सुर्खेतस्थित निवासमा पुगेर उहाँप्रति श्रद्धाञ्जली अर्पण गर्नुभएको हो । उहाँले परिवारजनमा समवेदना प्रकट गर्नुभएको छ । यसैगरी, उप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले पनि स्व खड्काप्रति श्रद्धाञ्जली अर्पण गर्नुभएको छ ।

यही जेठ १६ गते बाँकेको राप्तीसोनारी गाउँपालिका-८ ठुडिया खोला नजिकै खड्का सवार कारलाई बसले ठक्कर दिँदा उहाँको निधन भएको थियो । रासस

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?