बजेट निर्माणमा मेरो इमान्दारितामा एक इन्च पनि हल्लिएको छैन : अर्थमन्त्री डा. महत

Read Time = 2 mins

काठमाडौं । अर्थमन्त्री डा‍. प्रकाशशरण महतले आर्थिक वर्ष २०८०/०८१ को बजेट निर्माणमा आफूले इमान्दारितापूर्वक भूमिका निर्वाह गरेको बताउनु भएको छ ।

मंगलबार बसेको प्रतिनिधिसभा बैठकमा सांसदहरुले बजेट निर्माणमा पूर्वनासु रामकृष्ण श्रेष्ठलाई सहभागी गराएर करका दर हेरफेर गरेको आरोप लागेपछि जवाफ दिँदै अर्थमन्त्री महतले आफूले बजेट निर्माणमा अनाधिकृत व्यक्तिलाई प्रवेश नगराइएको र कसैलाई लाभ हुने गरी करका दर पनि हेरफेर नगरेको बताउनु भयो ।

आफ्नो इमान्दारिमा एक इन्च पनि नहल्लिएको भन्दै बैठकमा उहाँले भन्नुभयो, ‘इमान्दारितामा एक इन्च पनि हल्लिएको छैन । निजी स्वार्थ भएकाहरु पछि लागेका छन् । भएको यही हो ।'

बजेट बनाउने बेला विचौलियालाई छेउमा पनि आउन नदिएको भन्दै उनले पूर्वनासु श्रेष्ठलाई सरकारले नै नियुक्त गरेको र इन्ट्री गर्ने कार्यमा खटाइएको जानकारी दिनुभयो ।

आफूले मन्त्रालयको जिम्मेवारी पाएदेखि नै त्यस्ता कुरामा सजक भएका काम गरेता पनि केही व्यक्तिहरुले आफूलाई गलत आरोप लगाएको उहाँले बताउनु भयो ।

उहाँले भन्नुभयो, यहाँ इमानदार भएर काम गर्न अति कठिन रहेछ। इमान्दार हुँदाखेरि प्रश्नमाथि प्रश्न उठ्दोरहेछ । एउटा पत्रिकाले एउटा न्यूज पटक पटक दोहोर्याउँछ । र, त्यसैलाई हामी सत्य ठान्छौं । तर, वास्तविकता कुनै प्रभावनका मुक्त भएर मैले काम गरेको छु ।’

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?