करका दरमा व्यापारीको अनुहार देखिन्छ, अर्थमन्त्रीलाई शंकाको सुविधा दिन सकिन्छ : अध्यक्ष ओली

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं  । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी आर्थिक वर्षको बजेटमा निर्माणमा व्यापारीलाई सहयोग पुग्नेगरी बनाइएको आशंका व्यक्त गर्नुभएको छ ।

मंगलबार बसेको प्रतिनिधिसभा बैठकमा आर्थिक वर्षको २०८०/०८१ को राजश्व र व्ययको वार्षिक अनुमानमाथिको सामान्य छलफलमा सहभागी हुँदै उहाँले सरकारले लिएको आर्थिक वृद्धिदर पूरा नहुने बताउनु भयो । करका दरमा व्यापारीको अनुहार देखिने भन्दै उहाँले हरेक क्षेत्रमा विचौलियाको प्रवेश देखिएको बताउनु भयो । यसलाई नियन्त्रण गर्नुपर्ने उहाँको भनाइ छ ।

बजेट निर्माणमा पूर्वनासु रामकृष्ण .श्रेष्ठको सहभागिताबारे दिएको जवाफप्रति अर्थमन्त्री डा. प्रकाशशरण महतलाई शंकाको सुविधा दिएको भन्दै उहाँले आयातभन्दा पनि देशभित्रकै खानी प्रशोधन गर्नुपर्नेमा जोड दिनुभयो ।

साथै अध्यक्ष ओलीले बजेटमाथि छलफल गर्दै बजेटमा गाँजा खेतीलाई प्राथमिकता दिइएको भन्दै असन्तुष्टि व्यक्त गर्नुभयो । आगामी आर्थिक वर्षको बजेटमाथि आफ्नो धारणा राख्दै उहाँले बजेटले कृषि क्षेत्रलाई प्राथमिकता नदिएको तर गाँजा खेतीलाई दिएको भन्दै असन्तुष्टि व्यक्त गर्नुभएको हो । उहाँले धान फलाउने, गहुँ फलाउने, खाद्यन्नमा आत्मनिर्भरता बनाउने कुरा नरहेको टिप्पणी गर्नुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?