युक्रेनमा काखोभका बाँध नष्ट

Read Time = 3 mins

मस्को । काखोभका जलविद्युत् बाँध पटकपटकको आक्रमणबाट आंशिक नष्ट भएको छ । दक्षिणी युक्रेनमा मस्को-स्थापित अधिकारीहरूले मंगलबार यसबारे सार्वजनिक टिप्पणी गरेका हुन् । नोभा काखोभका शहरको मस्को-समर्थित प्रशासनका प्रमुख भ्लादिमिर लियोन्टिएभले रातभरि ‘काखोभका बाँधलाई लक्षित गरी थुप्रै आक्रमण’ भएको र बाँधको गेट भल्भहरू ध्वस्त पारिएको छ त्यसबाट पानीको ‘अनियन्त्रित’ प्रवाह भइरहेको छ ।

३५१ मेघावाट विद्युत् उत्पादन गर्ने बाँध दुई हजार २५५ वर्ग किलोमिटर क्षेत्रमा फैलिएको छ । २४० किलोमिटर लामो र २३ किलोमिटर चौडा बाँध तीनदेखि २६ मिटरसम्म गहिरो रहेको बताइएको छ । करिब १८.२ घनमिटर पानी रहेको बाँध भत्काउन पछाडि रूस र युक्रेन दुवैले एकअर्काेलाई आरोप लगाइरहेका छन् ।

रूसी नियन्त्रित युक्रेनी शहर नोभा काखोभकामा रहेका मस्कोका अधिकारी भ्लादिमिर लियोन्तेभले रूसी सरकारी टेलिभिजनसँग बोल्दै बाँधमा भएको क्षति युक्रेनी हमलाको परिणाम भएको बताउनुभएको छ ।

विष्फोटले बाँधमा प्वाल पारेको भन्दै मर्मत गर्न असम्भव रहेको उहाँको भनाइ छ । किभले भने आक्रमणको आरोप रुसी सेनालाई लगाएको छ । बाँध विष्फोटले पानीको ठूलो बहाव निम्त्याए पनि डिनिप्रो नदीमा स्थिति धेरै गम्भीर नबनेको र रूसी सेनालाई बायाँ किनारको रक्षा गर्नबाट रोक्न नसक्ने साल्डोको भनाइ छ ।

यो बाँधको पानी युरोपको सबैभन्दा ठूलो जापोरिझिया आणविक प्लान्टमा चिस्यानका लागि आपूर्ति हुनेगर्छ । यस्तै, काखोभका जलविद्युत् प्लान्टमा र क्रिमियाको दक्षिणी भागमा पनि यसै बाँधको पानी आपूर्ति हुँदै आएको थियो । एजेन्सी ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?