स्वरूपराजको ‘धुँवा धुँवा’ सार्वजनिक

Read Time = 2 mins

अमेरिका । स्वरूपराज आर्चायको स्वर रहेको गीत ‘धुँवा धुँवा’ सार्वजनिक गरिएको छ । कमला न्यौपानेको शब्द, यदिन गजमेरको संगीत, धीरज श्रेष्ठको एरेञ्ज र कृष्ण केआर मर्हजनको मिक्सिङ तथा मास्टरिङ रहेको गीतको भिडियो सार्वजनिक भएको हो ।

भिडियोको निर्माण टिमले अमेरिकाको क्यान्सस राज्यको ओभरल्याण्ड पार्क शहरमा एक कार्यक्रमबीच भिडियो सार्वजनिक गरेको हो । सो अवसरमा स्थानीय कलाकार तथा संगीतकर्मीको उपस्थिति रहेको अन्तर्राष्ट्रिय साहित्य समाज क्यान्सस च्याप्टरले जनाएको छ ।

केशवराज भट्टको निर्देशन रहेको गीतको भिडियोमा प्राञ्जल न्यौपाने र स्मृति श्रेष्ठको अभिनय छ । व्यस्तताकाबीच एक्लिएका एक प्रेमीको मनमा खड्कीएको एक्लोपनालाई भिडियोले देखाएको छ । जसमा मानिसको जिन्दगीमा आइपर्ने अनेक आरोह-अवरोहरूलाई कलात्मक शैलीमा निर्देशक केशवराज भट्टले भिडियोमा देखाउनु भएको हो ।

उद्धव दाहालको छायांकन रहेको भिडियोको सम्पादन विकास धमलाले गर्नु भएको छ । प्रकाश न्यौपानेको निर्माणमा तयार भिडियो तरंग द वेभ क्रियशनबाट बजारमा आएको हो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?