अभिनयमार्फत तारिफ बटुल्दै बालकलाकार मञ्जलि

Read Time = 4 mins

काठमाडौं । मञ्जलि तामाङ उमेरले ११ वर्ष लाग्नुभएको । ६ वर्षको कलिलो उमेरबाट बाल कलाकारको रूपमा पाइला अगाडि बढाउँदै ११ वर्षको उमेरसम्म आइपुग्दा उहाँ एक अब्बल बालकलाकार नेपाली कला क्षेत्रमा परिचित भइसक्नु भएको छ । मञ्जलिले गीतको भिडियोबाट आफ्नो अभिनय यात्रा सुरु गर्नुभएको थियो । उहाँको पहिलो औपचारिक प्रस्तुति तीज गीत ‘सही हो माया सही हो’ रहेको थियो ।

सानै उमेरदेखि नाच्न र अभिनय भनेपछि हुरुक्कै हुने मञ्जलि स्कुलमा हुने विभिन्न प्रतियोगितामा नृत्य र अभिनयमा सहभागीता जानाउँदै प्रथम श्रेणिमा रहँदै आउनुभएको छ । उहाँले कपनस्थित त्रि-शक्ति डान्स एकेडेमीमा प्रशिक्षण पनि लिइरहनु भएको छ । उहाँको नृत्य हेर्ने हो भने परिपक्क नृत्यंगना भन्दा कम लाग्दैन । उहाँलाई धेरै सांस्कृतीक कार्यक्रमहरूमा नृत्यका लागि बोलाउने पनि गरिन्छ ।
मञ्जलिको हाउभाउ नृत्यका लागि चाहिने सम्पूर्ण कुरा पाउन सकिन्छ । उहाँ वयस्क उमेरमा आइपुग्दा एक अब्बल मोडलका साथै राम्रो कलाकार हुनेमा कुनै शंका छैन आजका उहाँका क्रियाकलाप हेर्दा ।

कक्षा पाँचमा पढ्दै गर्नुभएकी मञ्जलि पढाइमा पनि उत्तिकै अव्बल हुनुहुन्छ । काठमाडौं कपनस्थित सरस्वतीनगरमा रहेको गोल्डेन पिक हाइस्कुलमा पढ्दै आउनुभएकी म मञ्जलि एक अनुशासित विद्यार्थी रहेको कुरा स्कुलका शिक्षक शिक्षिकाहरू बताउँछन् । कलाकारितासँगै पढाइमा उत्तिकै महत्व दिन शिक्षक वर्गले उहाँलाई सुझाएका छन् । उहाँलाई अभिभावकको पनि उत्तिकै साथ र सर्पोटको रहेको छ । मञ्जलिको चाहनुसार हरेक गतिविधिमा सर्पोट गर्दै आएको परिवारको भनाइ छ ।

पुर्खौउली गाउँ नुवाकोट दुप्चेश्वर गाउँपालिका शिखरवेशी–७ मा भए तापनि काठमाडौंको सरस्वतीनगरमा जन्मिनुभएकी मञ्जलि कपन सरस्वती नगरमा बस्दै आउनुभएको छ । आमा ईश्वरीमाया स्याङ्तान र बाबा मुईया तामाङको कोखबाट जन्मिनुभएकी मञ्जलिलाई आमा ईश्वरीमायाले नै प्रशिक्षण गराउँदै आउनुभएको छ ।

मञ्जलिले म्युजिक भिडियोका साथै टेली सिरियलहरूमा पनि अभिनय गर्दै आउनुभएको छ । उहाँको अभिनय देखेर निर्देशक निर्माताले आफ्ना प्रस्तुतिमा बाल कलाकारको भूमिकामा लिने गर्दछन् । उहाँले एक्टिभ म्युजिक अवार्ड २०७९ बालकलाकार प्रतिस्पर्धामा सबैलाई पछि पार्दै अवार्ड उचाल्नसमेत सफल हुनुभएको थियो । भिडियो र सिरियलमा अभिनय गर्दै आउनुभएकी मञ्जलि नेपाली चलचित्रमा पनि छिट्टै आउन लाग्नुभएको छ । ‘चलचित्रमा अभिनयको प्रस्ताव आएको छ, हामीले पनि सहमति जनाएका छौं, अब छिट्टै छायांकनमा जाने निर्माण पक्षले बताएको छ’, ईश्वरीमायाले भन्नुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?