कलाक्षेत्रले सामाजिक दायित्व बोकेको हुन्छ : निरेन श्रेष्ठ, निर्देशक

Read Time = 6 mins

लोकदोहोरी, आधुनिक, पप, भजन, राष्ट्रिय भावका गीतमा आफ्नौ निर्देशनको कौशलमार्फत धेरैको माया बटुल्न सफल नाम हो निरेन श्रेष्ठ । उहाँले ६ सयभन्दा बढी गीतका भिडियोमार्फत धेरैको मन जित्न सफल हुनुभएको छ । समाजिक सेवामा पनि आफूलाई त्यतिकै सक्रिय राख्दै आउनुभएका श्रेष्ठ एपिक नेपाल म्युजिक अवार्ड, नेपाल म्युजिक एण्ड फेशन अवार्ड, नाटे्श्वर म्युजिक अवार्डलगायत दर्जनांै अवार्ड तथा सम्मानबाट सम्मानित हुनुहुन्छ । विभिन्न कार्यक्रममा दक्ष निर्णायकको भूमिकासमेत निर्वाह गर्नुभएका श्रेष्ठ संगीतकर्मी संघ काठमाडौंका अध्यक्षसमेत रहनुभएको छ । कलाक्षेत्र सामाजिक दायित्व बोकेको पाटो भएको बताउँनुहुने निरेन श्रेष्ठसँग हिमालय टाइम्सका लागि गीता अधिकारीले गर्नुभएको कुराकानीको संक्षिप्त अशं :-

यतिबेला के गर्दै हुनुहुन्छ ?
गीतसंगीतको निर्देशनमा नै आफूलाई व्यस्त राख्दै आएको छु । केही दिनमा दुइटा भिडियो सार्वजनिक हुँदैछ, जसको अहिले पोष्टप्रोडक्शनको काम भइरहेको छ ।

यस क्षेत्रमा आउँदाको अनुभव ?
जिन्दगी नै अनुभव लिँदै आगाडि बड्दै जाने हो । तर, आजको दिनमा यो स्थानसम्म आइपुग्दा खुशी लाग्छ ।

यहाँले धेरै गीतका भिडियोमा निर्देशन गर्नुभयो, आफैंलाई मन परेको चाहिँ ?
एउटा निर्देशकलाई आफ्ना हरेक सिर्जना उत्तिकै महत्वपूर्ण रहेका हुन्छन् । आफूले गरेको काम प्रायः सबै मन पर्छ त्यसमध्ये ‘बरको हाँगो’, ‘गमलामा जाई’, ‘माया बसेसी’, ‘ए साईली’, ‘बधाई छ’लगायत अलिक धेरै मन पराइदिनुभएको छ ।

निर्देशन भन्ने बित्तिकै एकदमै गाह्रो क्षेत्र हो । हामीले निर्माण गरेको प्रस्तुतिबाट दर्शकलाई कस्तो प्रभाव पर्छ भन्ने बुझ्नुपर्ने हुन्छ । कलाक्षेत्र सामाजिक दायित्व बोकेको पाटो भएकाले त्यसलाई निर्देशन गर्नु कम सजिलो छैन ।

सबैखालका गीतमा यहाँले निर्देशन गर्नुभएको भए पनि लोक, आधुनिक, पप कुन गीतको भिडियो निर्देशन गर्न अलिक बढी मनपर्छ ?
यही भन्ने हुँदैन, जुन भाकाको गीत आए पनि गायक, शब्दकारको चाहनानुसारको भिडियो बनाइदिने एउटा निर्देशकको जिम्मेवारी हुन आउँछ ।

यहाँ सामाजिक सेवामा पनि त्यतिकै सक्रिय रहँदै आएको पाइन्छ ?
मेरो कमाइको केही प्रतिशत रकम चाहिँ आफ्नो जन्मदिन वा नयाँ वर्षको अवसर पारेर वृद्धाश्रम, बालश्रम, असायहरूलाई सहयोग गर्दै आइरहेको छु । मेरो सानो सहयोगले गर्दा उहाँहरूलाई केही राहात हुन्छ भने किन नगर्ने भन्ने हुन्छ । यस्तै अन्य अवसरमा पनि मलाई यस्तो गर्न भित्रीमनदेखि नै अलिक बढी चाह हुन्छ । यस्तो सहयोग गर्न पाउँदा मलाई अन्तर्आत्मादेखि नै खुशी लाग्छ ।

यहाँ संगीतकर्मी संघको अध्यक्ष भएर आइसकेपछि संघमा के परिवर्तन गर्नुभयो ?
म अध्यक्ष भएर आएपछि सुरुवातमा ‘रक्तदान नै जीवन दान’ भन्ने मूल नाराका साथ रक्तदान कार्यक्रम गर्‍यौं, त्यसपछि होलिको कार्यक्रम ग¥यौं, भर्खरै सम्पन सम्मान कार्यक्रम २०८० मा गीतसंगीतको क्षेत्रमा योगदान दिनुहुने दर्जनौं कलाकार तथा सगीतकर्मीलाई हौसला बढाउनका लागि उहाँहरूको योगदानको कदरस्वरूप सम्मान ग¥यांै । अन्य पेशागत हकहितका विषयमा कसरी अघि बढ्ने भन्नेमा छलफल चलाइरहेको छु ।

यस क्षेत्रको पछिल्लो अवस्थालाई कसरी लिनुहुन्छ ?
पहिलेको भन्दा अहिले धेरै परिवर्तन भएको छ । अझै नयाँ, नयाँ प्रविधिहरू प्रयोग गर्ने र नयाँ आउँदै गरेका कलाकार, निर्देशक र प्राविधिक साथीहरूले विशेष तालिम लिएर आउँदा अझै राम्रो हुन्छ भन्ने लाग्छ ।

निर्देशन क्षेत्र कत्तिको सहज छ ?
निर्देशन भन्ने बित्तिकै एकदमै गाह्रो क्षेत्र हो । हामीले निर्माण गरेको प्रस्तुतिबाट दर्शकलाई कस्तो प्रभाव पर्छ भन्ने बुझ्नुपर्ने हुन्छ । कलाक्षेत्र सामाजिक दायित्व बोकेको पाटो भएकाले त्यसलाई निर्देशन गर्नु कम सजिलो छैन ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?