हल्टमा भाग लिन नेपाली विद्यार्थी मेलबर्नमा

Read Time = 3 mins

काठमाडौं । सफ्टवेरिका कलेज अफ आइटी एण्ड इ-कमर्सले हालै सामाजिक उद्यमशीलतालाई बढावा दिने प्रतिष्ठित अन्तर्राष्ट्रिय प्रतियोगिता हल्ट प्राइजको अन-क्याम्पस राउण्ड सम्पन्न गरेको छ । उक्त कार्यक्रमले नयाँ सामाजिक उद्यमशीलता अवधारणा प्रयोग गरी विश्वव्यापी चुनौती सम्बोधन गर्न विद्यार्थी, उद्यमी र सल्लाहकारको विविध समूहलाई एकसाथ लिएर आएको थियो । कार्यक्रमका विजेता टोलीले आफ्नो सामाजिक उद्यम सुुरु गर्न र दिगो प्रभाव सिर्जना गर्न सिड फण्डिङअन्तर्गत एक मिलियन प्राप्त गरेका छन् ।

क्याम्पस निर्देशक स्वप्निल विष्टको नेतृत्वमा सफ्टवेरिका कलेजले हल्ट प्राइज २०२२-०२३ का लागि प्रेरणादायी कार्यक्रम आयोजना गरेको थियो । जसमा ३० भन्दा बढी टोलीले भाग लिएका थिए भने १० भन्दा बढी नेपाली उद्यमी सहभागी थिए । कठोर मूल्यांकन प्रक्रियापछि पाँच टोली अन-क्याम्पस विजेताको प्रतिष्ठित शीर्षकका लागि प्रतिस्पर्धा गर्दै फाइनलमा पुगेका हुन् । मेलबर्नलगायत विश्वभरका विभिन्न १२ स्थानमा आयोजना गरिने क्षेत्रीय शिखर सम्मेलनका विजेता टोलीलाई आफ्नो अवधारणा प्रस्तुत गर्न एक अन्तर्राष्ट्रिय मञ्च प्रदान गरेको थियो ।

कार्यक्रममा नेपालका प्रतिभाशाली सदस्य वसन्त अधिकारी, अनिशा मल्ल, गरिमा श्रेष्ठ र सहर्ष केसी सम्मिलित ‘द ढाका प्यालेट’ ले मेलबर्नमा आफ्नो क्रान्तिकारी ‘रिडिजाइनिङ फेसन’ अवधारणा प्रस्तुत गरेका थिए । उनीहरूको परिकल्पनामा परम्परागत ढाका फेब्रिकलाई एआई प्रविधिको प्रयोग गरी दैनिक पहिरनमा एकीकृत गर्न सकिन्छ भन्ने थियो । कार्यक्रमका लागि सम्पूर्ण यात्राको खर्च कलेजले नै विद्यार्थीका लागि प्रायोजित गरेको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?