बसको ठक्करबाट पैदलयात्रीको मृत्यु

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौँ  । काठमाडौँको तारकेश्वर नगरपालिका-६ मा बसको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा खोटाङको बराहपोखरी गाउँपालिका-४ का १७ वर्षीय लप्सन राई रहेका छन् ।

बा २ ख ८४१३ नम्बरको बसले पैदलयात्री राईलाई  ठक्कर दिएको थियो । घाइते उनको ग्रिनसिटी अस्पताल बसुन्धारामा उपचारको क्रममा मृत्यु भएको हो ।

बससहित चालकलाई प्रहरी वृत्त बालाजुले नियन्त्रणमा लिइसकेको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?