भारतमा म सम्मानित भएर आएँ : प्रधानमन्त्री

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भारत भ्रमणका क्रममा आफू सम्मानित भएरै आएको बताउनु भएको छ । ।

बुधबार बसेको राष्ट्रिय सभा बैठकमा प्रधानमन्त्री प्रचण्डले भारत भ्रमणका क्रममा आफूले अपमानित महसुस नगरेको बताउनु भयो ।

‘त्यहाँ (भारत) राज्यमन्त्री नै स्वागत गर्न आउने चलन छ, इतिहास हेर्नु भए हुन्छ,’ बैठकमा प्रधानमन्त्री प्रचण्डले भन्नुभयो, ‘म सम्मानित नै भएर आएँ । तर, यहाँ हुने तपाइँहरु अपमानित भयो भन्नुहुन्छ । त्यस्तो होइन म सम्मानित भएर नै आएको हुँ ।’

भ्रमणका क्रममा नेपालको वृहत्तर हित र विकासलाई टेवा पुग्नेगरी छलफल र सम्झौता भएको उहाँले बताउनु भयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?