पातारासीका हिमपहिरो पीडितलाई राहत वितरण

विजय रावत जुम्ला, संवाददाता
Read Time = 3 mins

जुम्ला । मुगुको च्यार्खु लेकको हिउँ पहिरामा परेर ज्यान गुमाएका मृतकका परिवारलाई टेवा नेपालले पाँच लाख बराबरको राहत वितरण गरेको छ ।

गत वैशाख २२ गते मुगुको च्यार्खु लेकको हिमपहिरोमा परि ज्यान गुमाएका जुम्लाको पातारासी – ३ तल्फीका ४० वर्षिय तारासिंह सार्की, ३६ वर्षीय पुन्न सार्की र ३६ वर्षिय वीर बोहोराको परिवारलाई ५ लाख बराबरको राहत प्रदान गरिएको महिला अधिकार केन्द्र मुगुका अध्यक्ष सुकुमाया शाहीले जानकारी दिनुभयो ।

टेवा नेपालको आार्थिक सहयोग र महिला अधिकार केन्द्र मुगको समन्वयमा तीन जना मृतकका परिवार र १२ जना घाइतेलाई नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य तथा पुर्व राज्यमन्त्री गोमा कुँवरको उपस्थितिमा लत्ता कपडा, खाद्यन्न र नगद राहत स्वरुप प्रदान गरिएको महिला अधिकार केन्द्र मुगुका अध्यक्ष शाहीले बताउनुभयो ।

पातारासीको तल्फी गाउँमै पुगेर पुर्व राज्यमन्त्री कुँवर, पातारासी गाउँपालिकाका अध्यक्ष पुर्णसिंह बोहोरा, उपाध्यक्ष जनमाया रोकायाको उपस्थितिमा मृतकका परिवारलाई खाद्यन्न, लत्ता कपडा र नगद हस्तान्तरण गरिएको गाउँपालिका उपाध्यक्ष जनमाया रोकायाले बताउनुभयो ।

संकट र विपद्को बेला पिडितको घाउमा मल्हम लगाउने टेवा नेपाल र महिला अधिकार केन्द्र मुगुलाई धन्यवाद दिदै पुर्व राज्यमन्त्री कुँवरले प्राकृतिक विपद्ले समस्यामा परेका परिवारलाई दिगो व्यवश्थापनमा सबैले ध्यान दिनुपर्ने बताउनुभयो ।

गत वैशाख २२ मा मुगुको च्यार्खु लेकको हिउँ पहिरोमा परि पातारासी २ तल्फीगाउँका ४० वर्षीय तारासिंह सार्की, ३६ वर्षीय पुन्न सार्की र ३६ वर्षीय वीर बोहोराको मृत्यु भएको थियो । यार्सा सङ्कलनका लागि पातारासीबाट गएका १४ जनाको टोलीमध्ये तीन जनाको मृत्यु भएको थियो भने अन्य सामान्य घाइते भएका थिए ।

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?