पाल्पा । पाल्पाको रानीमहलमा पर्यटक बोकेर घुम्न गएको गाडी दुर्घटना भएको छ । रानीमहलस्थित रानीमहल सडक खण्डमा भारतको गोरखपुरबाट रानीमहल पुगेको युपी ५५ वाइ ३३०१ नम्बरको कार बुधबार दिउँसो दुर्घटना भएको हो ।
दुर्घटनामा तीन जना घाइते भएका छन् । घाइते हुनेमा भारत उत्तर प्रदेश ढडेपुरका ६० वर्षीय कृष्ण नारायण तिवारी, चालक उत्तर प्रदेश ककरहवाका ५२ वर्षीय विरेन्द्र पाण्डेय र रुपन्देहीका ५० वर्षीय बुद्धिराम मुराउ रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । उनीहरुको तानसेनस्थित युनाइटेड मिसन अस्पतालमा उपचार भइरहेको छ । घाइते मुुराउको भने अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । कारमा ४ जना सवार रहेको र उनीहरु रानीमहल घुम्न आएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक विरेन्द्र थापाले जानकारी दिनुभयो । कार सडकदेखि करिब १०० मिटर तल खसेको छ ।
घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच