स्पेसल अवार्डलाई शौभाग्य हस्पिटलको साथ

हिमालय टाइम्स
Read Time = 3 mins

धनगढी । ‘एसपिए सुदूरपश्चिम स्पोर्ट्स अवार्ड २०७९’ मा धनगढीमा सञ्चालनमा आएको शौभाग्य हस्पिटल जोडिएको छ । धनगढी उपमहानगरपालिका वडा नम्बर २ मा रहेको शौभाग्य हस्पिटलले विधा प्रायोजन गरेर साथ दिएको हो ।

अवार्डका आठवटा विधामध्येको स्पेसल अवार्ड विधालाई शौभाग्य हस्पिटलले प्रायोजन गरेर साथ दिएको हो । अब यो विधाको नाम शौभाग्य हस्पिटल स्पेसल अवार्ड रहनेछ । प्रायोजनसम्बन्धी सम्झौतापत्रमा शौभाग्य हस्पिटलका अध्यक्ष दिनेशराज जोशी र र नेपाल खेलकुद पत्रकार मञ्च कैलालीका उपाध्यक्ष दिनेश विष्टले हस्ताक्षर गर्नुभयो ।

सम्झौतापछि प्रतिक्रिया दिँदै शौभाग्य हस्पिटलका अध्यक्ष दिनेशराज जोशीले अवार्डसँग जोडिन पाउँदा खुसी लागेको र आगामी दिनमा पनि सहयोग गर्ने बताउनुभयो । उहाँले आफूहरू पनि स्वास्थ्य क्षेत्रमा सक्रिय रहँदै आएको अवस्थामा सामाजिक उत्तरदायित्व मानेर देशका गहना मानिने खेलकुदकर्मीहरूलाई सम्मान गरिने कार्यक्रममा जोडिएको बताउनुभयो ।

चौथो संस्करणको ‘एसपिए सुदूरपश्चिम स्पोर्ट्स अवार्ड २०७९’ मार्फत् वर्ष २०७९ मा उच्च प्रदर्शन गरेका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा सफल खेलाडी र प्रशिक्षक गरी विभिन्न आठ विधामा अवार्ड प्रदान गरिनेछ । उत्कृष्ट खेलाडी पुरुष र महिला, उत्कृष्ट प्रशिक्षक, वर्ष युवा खेलाडी, स्पेसल अवार्ड, लाइफ टाइम एचिभमेन्ट अवार्ड, सुदूरपश्चिम आइकन महिला र पुरुष विधामा अवार्ड प्रदान गरिने भएको हो ।

उत्कृष्ट खेलाडी पुरुष र महिला विधाका विजेतालाई ३५/३५ हजार, उत्कृष्ट प्रशिक्षकलाई ३० हजार, वर्ष युवा खेलाडी, स्पेसल अवार्ड र लाइफ टाइम एचिभमेन्ट अवार्डका विजेतालाई २५/२५ हजार नगदबाट पुरस्कृत गरिने आयोजक नेपाल खेलकुद पत्रकार मञ्च कैलालीले जनाएको छ । यस्तै, सुदूरपश्चिम आइकन महिला र पुरुष विधाका विजेतालाई नगद २० हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिनेछ ।
असार ८ गते हुने ‘चौथो एसपिए सुदूरपश्चिम स्पोर्ट्स अवार्ड २०७९’ लाई सुदूरपश्चिमाञ्चल एकेडेमीले मुख्य प्रायोजन गरेको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?