ब्रसेल्स । नेटो महासचिव जेन्स स्टोल्टेनबर्गले युक्रेनको मुख्य बाँधको ‘अपमानजनक’ उल्लंघन (आक्रमण) भएकामा निन्दा गर्नुभएको छ । यस्तो गतिविधिले मस्कोको आक्रमणबाट भएको विनाशको विद्रुपरूपको उजागर गरेको उहाँको टिप्पणी छ ।
‘काखोभका बाँधको विनाशले आज हजारौं नागरिकलाई जोखिममा पारेको छ र गम्भीर वातावरणीय क्षति पुराएको छ । यो एक अपमानजनक कार्य हो, यसले युक्रेनमा रुसको युद्धको क्रुरतालाई फेरि एकपटक छताछुल्ल पारेको छ’, स्टोलटेनबर्गले ट्वीटरमा उल्लेख गर्नुभएको छ । रासस/एएफपी ।
युवा जनशक्ति निर्यात गर्ने देश
बिक्रीमा विद्यावारिधि ?
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच
हिमालय टाइम्स र नियमित लेखनका