विकास बैंकरलाई तीनदिने एनएफआरएस-९ तालिम

Read Time = 2 mins

काठमाडौं । डेभलपमेण्ट बैंकर्स एसोसिएसन नेपाल र एसएआर एड्भाइजर्सको संयुक्त आयोजना र ई एण्ड वाई श्रीलंकाको सहयोगमा आयोजित तीनदिने ‘एनएफआरएस-९ तालिम’ तालिम कार्यक्रम काठमाडौंमा सुरु भएको छ । एसोसिएसनका अध्यक्ष सुयोग श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रम उद्घाटन सत्रमा इन्ष्टिच्युट अफ चार्टर्ड एकाउन्टेन्ट्स नेपालका पूर्वअध्यक्ष सुनिर ढुंगेल तथा एसोसिएसनका पदाधिकारीको उपस्थिति रहेको थियो ।

ई एण्ड वाई श्रीलंकाका साझेदार रजिथ पेरेराले प्रदान गर्नुहुने तालिम कार्यक्रममा विकास बैंकका वित्त, लेखापरीक्षण आदि विभागका कर्मचारीको सहभागिता रहेको छ । तेस्रो दिन विकास बैंकका प्रमुख कार्यकारी अधिकृतसमेतलाई प्रशिक्षण दिने कार्यक्रम रहेको आयोजकले जनाएको छ । नेपालका बैंक तथा वित्तीय संस्थामा एनएफआरएस लागू भइसकेको छ । एनएफआरएस-९ लागू हुने चरणमा रहेकाले त्यसैको तयारीका लागि एसोसिएसनले यस्तो अग्रसरता लिएको हो ।

कार्यक्रममा राष्ट्र बैंकका कार्यकारी निर्देशक विष्रुत थापाले एसोसिएसनले योजनाबद्धरूपमा आप्mना सदस्य बैंकलाई एनएफआरएस-९ को आवश्यक तयारी गर्न, गराउन विशेष पहल गरेको भन्दै प्रशंसा गर्नुभएको छ ।

एसोसिएसनका अध्यक्ष श्रेष्ठले एनएफआरएस-९ का बारेमा वित्त विभागका कर्मचारीले मात्र बुझेर नपुग्ने भन्दै व्यवसाय विभाग, कर्जा विभाग, उच्च व्यवस्थापनका कार्यकारीलगायतले जान्न र बुझ्नुपर्ने विषय भएको बताउनुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?