आइएमई लाइफद्वारा प्रिमियममा आइपिओ

Read Time = 2 mins

काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स नेपालको बीमा क्षेत्रमा पहिलोपटक प्रिमियममा आइपिओ निष्कासन गर्ने कम्पनी भएको छ । नेपाल धितोपत्र बोर्डले स्वीकृति दिएसँगै प्रतिकित्ता २३६.९१ मा कम्पनीले जारी पुँजीको ३० प्रतिशतले हुने एक करोड २० लाख कित्ता सेयर सर्वसाधारणका लागि जारी गर्ने भएको हो । कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धक सिभिल क्यापिटल लिमिटेड रहेको छ । आइपिओ निष्कासनका लागि गरिएको रेटिङमा केयर रेटिङ नेपालले कम्पनीलाई केयर ट्रिपल बी इस्युअर रेटिङ प्रदान गरेको छ ।

चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म कम्पनीले दुई अर्ब ९८ करोड ५८ लाख कुल बीमा शुल्क आर्जन गरेकोमा दुई अर्ब ८९ करोड चार लाख खुद बीमा शुल्क आर्जन गरेको छ । कम्पनीको चुक्ता पुँजी दुई अर्ब ८० करोड रुपैयाँ रहेको छ भने सो अवधिसम्ममा जगेडा कोषमा एक अर्ब १० करोड पाँच लाख सञ्चिति रहेको छ ।

जीवन बीमा कोषमा छ अर्ब सात करोड ७३ लाख रुपैयाँ रहेको र दीर्घकालीन लगानी तथा कर्जा आठ अर्ब चार करोड ७१ लाख रुपैयाँ रहेको कम्पनीले जनाएको छ । तेस्रो त्रैमाससम्ममा कम्पनीको खुद नाफा १८ करोड २४ लाख रुपैयाँ रहेको बताइएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?