सिटिजन्सको १० वर्षे ऋणपत्र

Read Time = 1 min

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनलले ऋणपत्र जारी गर्न हिमालयन क्यापिटललाई निष्कासन तथा बिक्री प्रबन्धक नियुक्त गरेको छ । बैंकले १० वर्ष अवधिको ‘१० प्रतिशत सिटिजन्स बैंक ऋणपत्र २०८०’ जारी गर्न लागेको हो ।

सम्झौतामा सिटिजन्स बैंकका प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेल तथा हिमालयन क्यापिटलका प्रमुख कार्यकारी अधिकृत परमेश्वर पन्तले हस्ताक्षर गर्नुभएको छ ।

बैंकले प्रतिऋणपत्र अंकित मूल्य एक हजार रुपैयाँ दरका जम्मा तीन अर्ब रुपैयाँ बराबरको ३० लाख कित्ता ऋणपत्र जारी गर्न लागेको हो । उच्चतम प्रतिफलसहितको ऋणपत्रबाट दीर्घकालीन लगानीकर्ता लाभान्वित हुने विश्वास बैंकले लिएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?