संसदमा बैठकमाथि आज पनि छलफल जारी रहने

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । संघीय संसदका दुवै सदनको बैठक आज पनि बस्दै छ । आज (बिहीबार) प्रतिनिधिसभाको बैठक बिहान ११ बजे बस्ने भएको छ भने राष्ट्रिय सभा बैठक दिउँसो १ बजे बस्ने संसद सचिवालयले जनाएको छ ।

दुवै सदनको बैठकमा आगामी आर्थिक वर्ष २०८०/०८१ को बजेटमाथिको छलफल जारी रहनेछ । छलफलमा सांसदहरूले बजेटमाथि आफ्नो धारणा राख्ने क्रम चलिरहेको छ। बुधबारको बैठकमा बोल्न नपाएका सांसदले आज धारणा राख्नेछन्।

प्रतिपक्षका साथै सत्तारुढ दलका सांसदले पनि बजेटको आलोचना गरिरहेका छन्। सरकारले जेठ १५ गते संसदमा आर्थिक वर्ष २०८०/०८१ को बजेट पेस गरेको थियो

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?