इरानले बनायो ध्वनीभन्दा १५ गुणा बढी गतिको मिसाइल

हिमालय टाइम्स
Read Time = 2 mins

इरान । इरानले आफ्नो पहिलो हाइपरसोनिक मिसाइल विश्वसामु प्रक्षेपण गरेको छ ।

यो मिसाइलको गति ध्वनि भन्दा १५ गुणा बढी रहेको छ । यो मिसाइलले प्रतिरक्षा प्रणाली छिर्न सक्ने दाबी गरिएको छ । मिसाइलको नाम फतेह हो । राष्ट्रपति इब्राहिम रायसी र इस्लामिक रिभोलुसनरी गार्ड कोर्प्सका वरिष्ठ कमाण्डरहरूको उपस्थितिमा मंगलबार यसको अनावरण गरिएको थियो । यो पूर्णतया इरानमा निर्मित छ।

इरानको मिसाइल कार्यक्रमलाई लिएर पश्चिमी देश र इजरायलले चिन्ता व्यक्त गरेका छन् । इजरायलले ब्यालिस्टिक मिसाइललाई परमाणु हतियार बोक्न प्रयोग गर्न सकिने बताएको छ । तर, इरानले यी सम्भावनालाई अस्वीकार गर्दै आएको छ ।

मिसाइलको गति सीमा म्याच १५ मच (५,१४५ मिटर वा १६,८८० फीट प्रति सेकेन्ड) छ। यो यसको फायरपावर १४०० किमी छ । इरानका सर्वोच्च नेता आयतोल्लाह अली खामेनीले यसलाई फतेह नाम दिएका छन् ।

हाइपरसोनिक मिसाइलहरू ध्वनिको गतिभन्दा पाँच गुणा वा बढीमा यात्रा गर्छन् । फतेह कुनै पनि राडारमा समातिने छैन । फतहलाई अन्य कुनै मिसाइलले नष्ट गर्न सकिँदैन किनभने यो फरक दिशामा र विभिन्न उचाइमा यात्रा गर्दछ।

आईआरजीसी एयरोस्पेस प्रमुख अमीर अली हाजिजादेहले गत वर्ष नोभेम्बरमा इरानी क्षेप्यास्त्र प्रविधिका पिता भनेर चिनिने हसन तेहरानी मोगद्दमको पुण्यतिथिमा हाइपरसोनिक मिसाइलको विकासको घोषणा गरेका थिए ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?