नेपालमा भ्रष्टाचार नगर्ने मानिस पाउन मुस्किल छ : अध्यक्ष डा. भट्टराई

हिमालय टाइम्स
Read Time = 3 mins

काठमाडौं । नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले देशमा भ्रष्टाचार नगर्ने मासिन पाउन मुस्किल भएको बताउनुभएको छ ।

बिहीवार भक्तपुरमा पार्टीको केन्द्रिय समितिको बैठकलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले आफूले संघर्ष गरेर ल्याएको उपलब्धिको रक्षा गर्दै नेपाललाई छोटो अवधिमा समतामुलक समृद्धिको दिशामा लैजान आवश्यक रहेको बताउनु भयो ।

उहाँले न्यायपूर्ण समाज निर्माणको लक्ष्यसहित नेपाल समाजवादी पार्टी बनेको भन्दै आफ्नो पार्टीले निकट भविष्यमा नै अन्य पार्टी भन्दा फरक पहिचान स्थापित गर्ने बताउनु भयो । उहाँले देशमा भ्रष्टाचारको अन्त्य गरी नेपाललाई बदल्न संकल्पसहित अघि बढ्नुपर्ने खाँचो रहेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘हामीले संघर्ष गरेर ल्याएको उपलब्धिको रक्षा गर्दै नेपाललाई छोटो अवधिमा समतामुलक समृद्धिको दिशामा लैजाने एउटा न्यायपूर्ण समाज निर्माणको लक्ष्यसहित बनेको हाम्रो पार्टी हो । देशमा चरम भ्रष्टाचारको जुन विकृति छ, अहिले त भ्रष्टाचार नगर्ने मान्छे कोही छ भनेर खोज्नुपर्ने समय आएको छ । यस्तो ठूलो संक्रामक रोगबाट हामी गुज्रेका छौँ । त्यसको अन्त्य गरी देशमा सुशासन दिने र हाम्रै कार्यकालमा सबैको निम्ति समृद्धिको लक्ष्य प्राप्त गर्नुपर्नेछ । हामी नेपाललाई बदल्न संकल्पसहित हिँडेका अगुवाहरुको यो पार्टी हो । पुराना र नयाँ भुल्काका रुपमा उदाइरहेका शक्तिहरु भन्दा फरक नेपाल समाजवादी पार्टी हो भन्नेकुरा यहाँ राख्नेछौँ ।’

अध्यक्ष भट्टराईले पार्टीको मुख्य कार्यदिशा भनेको राजनीतिक कार्यदिशा भएको बताउनु भयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?