पार्टीभित्रको गुट भत्काउनकै लागि पनि सदस्यता वितरणलाई नयाँ प्रणालीमा लानुपर्छ : गगन थापा

फाइल तस्वीर

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । नेपाली कांग्रेसले असार १ देखि सदस्यता वितरणलाई अनलाइनमार्फत गर्ने भएको छ ।

धनकुटाको जिल्ला सम्मेलनलाई सम्बोधन गर्दै कांग्रेस महामन्त्री गगन थापाले पार्टी सदस्यता अनलाइनमार्फत वितरण गर्ने व्यवस्था गर्न लागिएको बताउनु भएको हो ।

उहाँले सदस्यता नवीकरण तथा नयाँ सदस्‍यता दुवै अनलाइनबाटै गर्न सकिने जानकारी दिनुभाये । पार्टीभित्रको गुट भत्काउनका लागि पनि सदस्यता वितरणलाई नयाँ प्रणालीमा लानुपर्ने धारणा राख्नुभयो ।

थापाले तन्नेरीहरु बोकेर देश भए पनि त्यसबाट लाभ लिन नसकेको बताउनु भयो। १०/१५ वर्षमा नेपाललाई विकास गर्न सकिने युवा जनशक्ति भएको बताउनु भयो । देश परिवर्तनका लागि सुरुमा कांग्रेस सुध्रिन जरुरी रहेको थापाको निचोड छ । कांग्रेस सुधार्नका लागि गुट भत्काउन आवश्यक रहेको थापाले बताउनु भयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?