कालीकोट । कालीकोटको नरहरीनाथ गाउँपालिका–५ का अमरसिंह सहकारीलाई प्रहरीले एक थान भरुवा बन्दुक सहित पक्राउ गरेको छ ।
जेठ १९ गते शुक्रबार दिउँसो शिकार खेल्न गएका सहकारीले ढुकुरलाई हान्न खोज्दा बारीमा मकै गोड्दै गरेकी नातिनी नाता पर्ने सोहीँ ठाउँकी १७ वर्षीया किशोरी एलीसा सहकारीको पेटमा बन्दुकको गोली लागेको थियो ।
गोली लागेर घाइते भएकी एलीसालाई उपचारका लागी प्राथमिक स्वास्थ्य चौकी कुमालगाउँमा उपचार सम्भव नभएपछि थप उपचारका लागी सुर्खेत रिफर गरिएको थियो ।
उपचारकै क्रममा २१ गते सुर्खेतमा उनको मृत्यु भएपछि किशोरीका आफन्तले आइतबार पोष्टमार्टम गरी उनको अन्त्यष्टी गरेका थिए ।
त्यसयता फरार रहेका किशोरी एलीसाका हजुरबुवा नाता पर्ने अमरसिंह लाई प्रहरीले खोजी कार्य जारी राखेको थियो । तर सहकारी फरार रहेपछि उनलाई पक्राउन गर्न सकिएको थिएन ।
बिहीवार स्थानीयको सूनाका आधारमा सहकारीलाई एक थान भरुवा बन्दुक सहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कालीकोटका प्रहरी निरीक्षक एवं सूचना अधिकारी शुवराज बमले बताउनुभएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच