चलो इलाम : नेपाल-भारत सीमापार पर्यटन विकासका लागि इलामका पर्यटन व्यवसायी भारतमा

प्रकाश नेपाल इलाम, संवाददाता
Read Time = 4 mins

सिलिगुडी, पश्चिम बंगाल । नेपाल भारतको सीमापार पर्यटन प्रवर्ध्दन गर्ने उदेश्यले विहिबार भारतको पश्चिम बंगालस्थित सीलिगुडिमा पाँचौ भारत नेपाल मैत्री सम्बन्ध कार्यक्रम सम्पन्न भएको छ ।

कोलकातास्थित महाबाणिज्य दुतावास कार्यालयको आयोजनामा भएको कार्यक्रममा पुर्वी नेपाल र पुर्वोत्तर भारतका पर्यटन सरोकारवालाहरु र पर्यटनकर्मी, व्यवसायिहरुको सहभागिता रहेको थियो ।

कार्यक्रममा कोलकातास्थित महाबाणिज्य दूत इश्वरराज पौडेलले पर्यटन एक उत्पादन भएकोले विभिन्न किसिमका उत्पादन बेच्न सक्नुपर्ने औल्याउनुभएको छ । भारतसँग सीमा जोडिएको पुर्वी नेपालको क्षेत्र पर्यटनका लागि अत्यन्तै राम्रो क्षेत्र भएकाले सीमा क्षेत्रमा देखिएको समस्या समाधान गर्न उपयुक्त हुने सुझाउनुभयो । पौडेलले काकरभिट्टा नाकामा रहेको अध्यागमन र पशुपतिनगरको अध्यागमन सहज बनाउन भारततर्फ सरोकारवालाहरुलाई पत्राचार गरिएको जानकारी दिनुभयो ।

इलाम नगरपालिकाका प्रमुख केदार थापाले इलामको आकर्षणलाई प्रचार गर्नका लागि भारत पश्चिम बंगालका सरोकारवालाहरुलाई राखेर योजना बनाउन आफूहरु तयार भएको बताउनुभयो ।

भारतीय उद्योग बाणिज्य संघ र एसोसीएसन फर कन्जरभेसन एण्ड टुरिजम् को सहआयोजनामा भएको कार्यक्रममा एसोसीएसनका अध्यक्ष राज बसुले नेपाल भारतको सीमा क्षेत्रमा रहेको पर्यटन सम्भावनाहरुलाई उजागर गर्न संस्कृति, प्रकृति र एड्भेन्चरलाई अगाडि बढाउनुपर्ने बताउनुभयो ।

कार्यक्रममा मेची नगर नगरपालिकाका वडाध्यक्ष अर्जुन कार्की, सीलीगुडि जलपाइगुडि डेभलभमेन्ट एसोसिएसनका दिलिप दुगड, पश्चिम बंगाल पर्यटन विभागका उप निर्देशक ज्योति घोष, भारतिय उद्योग बाणिज्य संघका उमंग मित्तल समेतका वक्ताहरुले नेपाल भारतको पर्यटन सम्भावनालाई प्रवद्र्धन गर्नुपर्ने औंल्याएका थिए ।

कार्यक्रममा इलाम, झापा र भारतको सिलिगुडी, कोलकाताका पर्यटन व्यवसायि, होटल व्यवसायि, उद्यमीहरुको सहभागिता रहेको छ ।
यसैबीच चलो इलाम भन्ने नारा सहित भारतको पश्चिम बंगाल र सिक्किमका पर्यटकहरु लाई इलामका विभिन्न पर्यटकीय क्षेत्रको जानकारी गराउनका लागि व्यवसायिहरुको टोली सीलिगुडि आइपुगेको छ । टोलीले कार्यक्रममा सहभागिता जनाउदै पुर्वी नेपालको पर्यटन क्षेत्रको बारेमा प्रस्तुतीकरण गरेको छ । केचना कंचनजंगा पर्यटन समिति निर्देशक केशव द्यौरालीले प्रस्तुतीकरण गरेका थिए ।

'चलो इलाम'को प्रचार सहित व्यवसायिको टोली शुक्रबार सिक्किमको नाम्ची प्रस्थान गर्ने भएको छ । टोलीले झापाको काकरभिट्टास्थित पर्यटन कार्यालयमा पत्रकार र सरोकारवाला होटल व्यवसायि र पर्यटनकर्मीहरुसँग छलफल गरी इलामको पर्यटन विकासमा गर्नुपर्ने मुख्य कामहरुको चर्चा गरेको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?