कुवेतको संसद्‌मा विपक्षी दलको बहुमत

एकमात्र महिला निर्वाचित

Read Time = 3 mins

कुवेत सिटी । कुवेतको संसदीय निर्वाचनमा यहाँको विपक्षी दलले बहुमत प्राप्त गर्न सफल भएको छ । एक दशकभन्दा बढी समयको अन्तरालमा भएको सातौं आमनिर्वाचनमा विपक्षी दललाई बहुमत मिलेको हो । संसद्मा एकजनामात्र महिला सांसद निर्वाचित भएकी छन् । निर्वाचनबाट धेरै सुधारहरूको लागि दबाब दिइरहेका इस्लामवादी र स्वतन्त्र राजनीतिज्ञहरू निर्वाचित भएका छन् ।

कुवेतको संवैधानिक अदालतले गत मार्चमा भएको निर्वाचनको परिणाम लाई रद्द गरेको थियो । उक्त निर्वाचनमा पनि विपक्षीहरूले महत्वपूर्ण लाभ उठाएका थिए र सन् २०२० मा निर्वाचित अघिल्लो संसद्लाई पुनः स्थापित गरेका थिए ।

कुवेतको सरकारी समाचार एजेन्सीले सार्वजनिक गरेको मत परिणामअनुसार विपक्षी सांसदले विधायिकाका ५० सिटमध्ये २९ सिटमा जित हासिल गरेका छन् । विपक्षी समूहका उम्मेदवार जनन बुशेहरीले संसदमा एकल प्रतिनिधित्व गरेका छन् ।

नयाँ संसद्को संरचना गतवर्ष निर्वाचित र पछि खारेज गरिएको संसद्सँग मिल्दोजुल्दो छ, जसका ५० मध्ये १२ जना बाहेक सबै सदस्यले आ–आफ्नो स्थान कायम राखेका छन् । यसले विधायिकाले फेरि एकपटक मन्त्रिपरिषद्सँग विवादमा फस्न सक्ने र राजनीतिक संकटलाई अझ गहिरो बनाउने र सुधारमा ढिलाइ भएको र आर्थिक वृद्धिमा बाधा पुर्‍याउन सक्ने चिन्ता उत्पन्न भएको छ । लामो समयदेखि सभामुख रहेका मार्जुक अल-घानीम र गत वर्ष उनको स्थानमा आएका अहमद अल-सादौन दुवै संसद्मा फर्किएका छन् ।

सावौनले फेरि सभामुखपदका लागि उम्मेदवारी दिने अपेक्षा गरिएको छ । ‘हामी आज सुधारवादी दृष्टिकोणको विजयको उत्सव मनाइरहेका छौं’, विपक्षी सांसद अदेल अल-दम्खीले परिणाम घोषणापछि सञ्चारकर्मीसँग भन्नुभयो ।

निर्वाचन परिणामले कुवेती जनताको जागरुकताको संकेत गरेको छ । सन् १९६२ मा कुवेतले संसदीय प्रणाली अपनाएदेखि नै करिब एक दर्जन पटक संसद् विघटन भइसकेको छ । रासस/एएफपी ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?